ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन दिनसम्म देशभर पानी पर्ने, सतर्क रहन आग्रह


एबीसी न्यूज
६ श्रावण २०७६, सोमबार   ८ : ३९   बजे

काठमाडौं, ६ साउन ।   तीन दिनसम्म देशका विभिन्न ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि पूर्वी तथा मध्य क्षेत्रमा मेघ गर्जनसहित वर्षा भइरहेको र अधिकांस भू–भागमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै पश्चिमी भु–भागमा पनि आंसिक देखि सामान्य वदली भई १र२ स्थानमा अहिले पानी परिरहेको छ ।

मनसुन न्यून चापीय रेखा दक्षिणतर्फ रहेको र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण वर्षा भएको महाशाखाले जनाएको छ ।

देशका पूर्वी तथा मध्य क्षेत्र एवं पश्चिम क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढी र पहिरो जान सक्ने भन्दै सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

सोमबार दिउँसो देशको पुर्वी र मध्य भु–भागमा अधिकांस क्षेत्रमा वर्षा हुने छ । यस्तै पश्चिमी क्षेत्रमा भने केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसोदेखि रातीसम्म नै वर्षा हुने र केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले तटीय क्षेत्र तथा पहिरोको जोखिम भएका ठाउँमा रहेकाहरु सतर्क भएर बस्न पनि महाशाखाले अनुरोध गरेको छ ।

यस्तै मंगलबार पनि देशका पूर्व र मध्य क्षेत्रका अधिकांस स्थानमा नै पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी क्षेत्रमा पनि केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ । मंगलबार पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना देखिएकाले नदीको बहाब बढ्ने देखिएको छ ।

बुधबार भने देशैभर सामान्यदेखि पूर्ण बदलि भई अधिकांश स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ । केही स्थानमा भने भारी वर्षा र अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group