ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले गर्‍यो चन्द्र अभियान चन्द्रयान–२ को सफल प्रक्षेपण


एबीसी न्यूज
६ श्रावण २०७६, सोमबार   ४ : ३३   बजे

काठमाडौं, ६ साउन । भारतको चन्द्र अभियानअन्तर्गत चन्द्रयान–२ आज प्रक्षेपण गरेको छ । भारतको आन्ध्रप्रदेशस्थित श्रीहरिकोटाको सतिश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा चन्द्रयान–२ को प्रक्षेपण गरिएको हो ।

यसअघि गत जुलाई १५ मा नै प्रक्षेपण गर्ने भनिएको चन्द्रयान–२ को प्रक्षेपण अन्तिम समयमा आएर स्थगित गरिएको थियो । सन् २०१८ को अक्टुबरमा नै प्रक्षेपण गर्ने लक्ष्य रहेको चन्द्रयान–२ को प्रक्षेपण मिति चारपटक सारिएको थियो छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान इसरोले यसअघि चन्द्रयान–२ मा देखिएको सबै प्राविधि गडबडी सुधारिएको र प्रक्षेपण गरिएको जनाएको छ ।
चन्द्रयान–२ आगामी सेप्टेम्बर ७ तारिखका दिन चन्द्रमामा पुग्ने बताइएको छ । छोटो समयमा नै चन्द्रमामा पुग्नु पर्ने भएकाले चन्द्रयान–२ ले पृथ्वीको परिक्रमा ५ पटक गर्नु पर्नेमा अब ४ पटक मात्रै गर्ने भएको छ ।

सूर्यको प्रकाश बढी भएको चन्द्रमाको दक्षिणी क्षेत्रमा यो चन्द्रयान–२ ले अवतरण गर्नेछ । उक्त क्षेत्रमा सेप्टेम्बर २१ देखि सूर्यको प्रकाश कम हुँदै जाने भएकाले उक्त समयभन्दा १५ दिन अगावै चन्द्रयान–२ चन्द्रमामा पुग्नु पर्ने छ ।

चन्द्रयान–२ लाई भारतको शक्तिशाली रकेट जीएसएलवी मार्क–३ मार्फत प्रक्षेपण गरिनेछ । यो चन्द्र्रयान–को तौल ३ हजार ८ सय ७७ किलो रहेको छ । चन्द्रयान–१ अभियानभन्दा यसको तीन गुणा बढी तौल हो ।

चन्द्रयान–२ मार्फत चन्द्रमामा पठाइएका यन्त्रहरु अर्बिटर, ल्याण्डर तथा रोवरले चन्द्रमा सम्बन्धी विभिन्न खोजअनुसन्धान गर्नेछन् ।

अर्बिटरले चन्द्रमाको सतहको नक्शा तयार गर्नुका साथै चन्द्रमाको अस्तित्व र विकासबारे खोज गर्ने छ । यस्तै ल्याण्डरले चन्द्रमामा भूकम्प आउँछ वा आउँदैन भनेर पनि यो अभियानमा अनुसन्धान गरिनेछ । यसका साथै रोवरले चन्द्रमाको सतहमा खनिज तत्वकाबारे खोज गर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपीडितलाई जाजु र शारडा ग्रुपको ६० लाखको राहत

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धारका लागि नेपाली सेनासहित प्राविधिक टोली परिचालन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu