ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जातीय सद्भाव र एकताका लागि काम गर्छु– गुरुङ सुन्दरी


एबीसी न्यूज
६ श्रावण २०७६, सोमबार   ७ : ०९   बजे

 

काठमाडौं, ६ साउन । तेस्रो हिरो मिसेस प्रतियोगिताका विजेता रविता गुरुङले आफुले जातीय एकतालाई जोड दिएर सामाजिक सद्भावका लागि काम गर्ने बताउनुभएको छ ।

विवाहित गुरुङ महिलाको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको उपाधि हात पार्दै २८ वर्षीया गुरुङले भन्नुभयो, “विभिन्न समयमा हुने यस्ता कार्यक्रमहरुले जातजाति, भाषाभाषीको रहनसहन र संस्कृतिको अध्ययन अवलोकन तथा संरक्षण गर्ने प्रेरणा दिन्छ ।”

झट्ट हेर्दा बाहिरी रुपको विज्ञापन जस्तो ठानिए पनि यस्ता प्रतियोगिताले व्यक्तित्व र नेतृत्व विकाससँंगै बौद्धिक ज्ञान बढाउन सहयोग पु¥याउने उहाँको भनाइ छ । आफूले प्रतियोगितामा भाग लिएर उपाधि हात पार्ने बेलासम्म धेरै कुरा सिकेको र त्यसले आत्मविश्वास बढाएको उहाँले बताउनुभयो । पोखरामा हालै सम्पन्न तेस्रो हिरो मिसेस गुरुङ प्रतियोगितामा ११ विवाहिता गुरुङ महिला अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए ।

करीब डेढ महीना व्यक्तित्व र नेतृत्व विकासका साथै जातीय गाउँका घरबासको अध्ययन, अवलोकन तथा जातीय पहिचानको महत्वका बारेमा तालीम प्रदान गरिएको कार्यक्रमका प्रबन्ध निर्देशक पवि गुरुङले बताउनुभयो । विजेतालाई हिरो स्कुटर र विभिन्न उपहार प्रदान गरिएको छ । त्यसैगरी सो प्रतियोगिताको फष्ट रनर अप सम्झना गुरुङ र सेकेण्ड रनर अप तनु गुरुङ हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपीडितलाई जाजु र शारडा ग्रुपको ६० लाखको राहत

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धारका लागि नेपाली सेनासहित प्राविधिक टोली परिचालन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu