ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अविवाहित एकल महिलालाई पनि भत्ता


एबीसी न्यूज
७ श्रावण २०७६, मंगलबार   २ : ५२   बजे

 

काठमाडौं , ७ साउन । सरकारले श्रीमान् बितेका एकल महिला तथा वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता दिइरहेका बेला जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म पनि बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेटमार्फत बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कार्यक्रमलाई अगाडि बढाउने भएको छ । कम्तीमा पनि ५० वर्षसम्म बिहे नगरी एकल जीवनयापन गरिरहेका महिलालाई वैकल्पिक व्यवस्था नभएसम्म सामाजिक सुरक्षा भत्ता नगरपालिकाले प्रदान गर्ने र उनीहरुलाई सीपमूलक कार्यक्रममा समावेश गरी आयआर्जनका क्रियाकलापमा जोड दिइने नीति नगरपालिकाले लिएको नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कम्तीमा पनि ५० वर्षसम्म बिहे नगरेर एकल जीवनयापन गरिरहेका महिलाको वैकल्पिक व्यवस्था नभएसम्म सामाजिक भत्ता दिइने योजना बनाएका छौँ, त्यस्ता महिलालाई भत्ता दिइने छौँ ।” बिहे नगरेर एकल बसेका महिलालाई उक्त कार्यक्रमले आर्थिक तथा सामाजिक विकासमा मद्दत पुग्ने अपेक्षा नगरपालिकाले गरेको छ ।

नगरपालिकाभित्र ५० वर्षसम्म बिहे नगरी बसेका एकल महिला के कति सङ्ख्यामा छन्, उनीहरुलाई परिचयपत्रको व्यवस्था कसरी गर्ने र सामाजिक सुरक्षा भत्ता कसरी प्रदान गर्ने भन्ने विषयमा विशेष कार्यविधि तयार गरिन लागेको नगरपालिका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले जानकारी दिनुभयो ।

आगामी मङ्सिर महीनादेखि उक्त कार्यक्रम शुरुआत गर्ने गरी कार्यविधि तयार गरिने नगरपालिकाले योजना बनाएको छ । बिहे नगरी बसेका एकल महिलाका क्षेत्रमा दिपायल सिलगढी नगरपालिकाले यो नौलो कामको शुरुआत गर्न थालेको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताउनुभयो । दिपायल सिलगढी नगरपालिकामा ५० वर्षसम्म बिहे नगरेर एकल जीवनयापन गरिरहेका थुप्रै महिला हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group