रुकुम, ८ साउन । रुकुम पश्चिमको आठबिसकोट ठुलिभेरी नदी किनारामा एक बालिकाको शव फेला परेको छ ।
जाजरकोटको नलगाड नगरपालिका तल्लु बगरबाट नदीमा बगेर बेपत्ता भएकी बालिकाको शव आज आठविसकोट नगरपलिका ९ नजिकै भेरी नदी किनारामा फेला परेको हो ।
सल्यानको कुमाख गाउँपालिका २ स्थायी घर भई जाजरकोटको नलगाड नगरपालिका १२ तल्लुमा होटेल ब्यवसाय गर्दै आएका धन बहादुर रावत कि ११ बर्षिया छोरी वर्षा कुमारी रावतको शव आज ५ दिन पछी फेला परेको इलाका प्रहरी कार्यालय आठ विसकोटका प्रहरी नायव निरिक्षक सन्तोष खनालले बताउनुभयो ।
उहाँका अनुसार ११ वर्षीया बालिका रावत यही साउन ३ गते दिउसो २ बजे तिर भेरी नदिमा नुहाउन गएको बेला नलगाड नगरपालिकाको तल्लुबगर बाट भेरी नदिमा बगेर बेपत्ता भएकी थिइन । आज बिहान स्थानियले भेरी नदिमा दाउरा उतार्न गएको बेला उक्त शव देखे पछि लाई खवर गरेका थिए ।
नदिबाट बालिकाको शव निकालेर बालिकाको बुवा धन बहादुर रावतको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय आठविसकोटका प्रहरी नायव निरिक्षक खनालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्