ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्येष्ठ नागरिकले आफूले चाहेको व्यक्ति वा संस्थालाई सम्पत्ति दिन पाउनुपर्छ– देवेन्द्रराज कँडेल


एबीसी न्यूज
९ श्रावण २०७६, बिहिबार   २ : ११   बजे

 

काठमाडौं, ९ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले ज्येष्ठ नागरिकले आफूले चाहेको व्यक्ति वा संस्थालाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ ।

काँग्रेस सांसद कँडेलले ज्येष्ठ नागरिकको सम्पत्तिमाथि सन्तानले हक दावी गर्ने कानुनी व्यवस्था पनि खारेज गर्नुपर्ने माग गर्नु भयो । बिहीबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिकसम्बन्धि विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उहाँले आफ्नो खुट्टामा आफै उभिने बनाउन पनि ज्येष्ठ नागरिकको सम्पत्ति माथि सन्तानले हक दावी गर्न पाउने कानुनी व्यवस्था खारेज गर्न उपयुक्त हुने तर्क गर्नु भयो । सांसद कँडेलले युरोपतिर पनि ज्येष्ठ नागरिकको सम्पत्तिमाथि उसको सन्तानले हक दावी गर्ने कानुनी व्यवस्था नरहेको पनि स्मरण गराउनु भयो ।

नेपाली काँग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले पैतृक सम्पत्तिमा भने आफ्ना सन्तानले हक दावी गर्न पाउनुपर्ने बताउनु भयो । उहाँले ज्येष्ठ नागरिकले आफूले आर्जन गरेको सम्पत्ति भने आफूलाई चाहेको व्यक्ति वा संस्थालाई दिन उपयुक्त हुने पनि बताउनु भयो ।

सत्तारुढ नेकपाकी सांसद वृन्दा पाण्डेले असामान्य अवस्थामा रहेका ज्येष्ठ नागरिकको पालनपोषण गर्नेलाई सम्बन्धित स्थानीय तहको सहमतिमा उनको सम्पत्ति दिन सकिने कानुनी व्यवस्था गर्न उपयुक्त हुने तर्क गर्नु भयो । सांसद पाण्डेले स्थानीय तहले असामान्य अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई पालनपोषण गर्नेलाई उनीहरुको सम्पत्तिको हकदावी गर्ने अधिकार दिनुपर्ने बताउनु भयो ।

विधेयकमा ज्येष्ठ नागरिकलाई कम्तिमा ६ महिना पालनपोषण गर्नेले उनको सम्पत्तिमाथि हक दावी गर्न पाउनेपर्ने प्रस्ताव गरिएको छ । त्यसमा सांसद पाण्डेको पनि असहमति छ । उहाँले आफ्नो सम्पत्ति कसलाई दिने भन्ने विषयमा ज्येष्ठ नागरिककै स्वविवेकीय अधिकार हुनुपर्ने कानुनी व्यवस्था गर्नुपर्ने पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group