ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रत्येक प्रदेशमा दुई–दुई परामर्श केन्द्र


एबीसी न्यूज
१० श्रावण २०७६, शुक्रबार   ८ : ३३   बजे

काठमाडौं, १० साउन । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध दुव्र्यसनीमा फसेका व्यक्तिलाई लागुऔषध प्रयोग गर्नबाट छुटाउनका लागि प्रत्येक प्रदेशमा दुई–दुई परामर्श केन्द्र स्थापना गरिने बताउनुभएको छ ।
राष्ट्रिय सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘सडक सुरक्षा र लागुऔषध नियन्त्रण’ सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले पछिल्लो समय मुलुकमा लागुऔषध प्रयोगकर्ता बढेका र लागुऔषध नियन्त्रण गर्न प्रत्येक प्रदेशका दुई÷दुई स्थानमा परामर्श केन्द्र स्थापना गर्न लागेको जानकारी दिनुभयो । “लागुऔषध नियन्त्रण गरी शान्तिपूर्ण समाज निर्माण गर्नका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम ल्याइएको हो, समुदायसँगको सहकार्यमा समाजमा हुने अपराध नियन्त्रण गर्न यसबाट सहयोग पुग्नेछ”, महानिरीक्षक खनालले भन्नुभयो ।

एम्बुलेन्समासमेत लागुऔषध कारोबार हुनेगरेको भन्दै उहाँले यसलाई निर्मूल पार्न सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । महानिरीक्षक खनालले सडक सुरक्षित भए मात्र दुर्घटनामा कमी आउने र सुरक्षित सडक निर्माणका लागि ट्राफिक प्रहरीको साथसाथै चालकको पनि उत्तिकै जिम्मेवारी रहने बताउनुभयो ।

मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने प्रवृत्ति विस्तारै कम हुँदै गएको उहाँको भनाइ थियो । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले सडक सुरक्षा र लागुऔषध नियन्त्रणलाई विद्यालयको पाठ्यक्रममासमेत समावेश गरी विद्यार्थीलाई अध्ययन गर्न लगाउनुपर्ने बताउनुभयो ।

उहाँले सभ्य समाज निर्माणका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । नार्कोनन् नेपालका कार्यकारी निर्देशक वसन्तराज कुँवरले मुलुकका लागि लागुऔषध दुव्यर्सनी चुनौतीपूर्ण बन्दै गएको र यसलाई कम गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनका उपाध्यक्ष दिपीका थापाले बालबालिकालाई लागुऔषध र सडक सुरक्षाको बारेमा जानकारी दिनुपर्ने बताउनुभयो । सडक सुरक्षाको बारेमा जानकारी दिँदै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक रवीकुमार पौडेलले चालकको लापरवाही, तीव्रगति, मापसेलगायतका कारण दुर्घटना बढ्दै गएको बताउनुभयो ।

लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी नायब उपरीक्षक गौतम थापाले २०६९ सालदेखि हालसम्म ब्यूरोले जथाभावी रुपमा लागुऔषध ओसारपसार गर्ने ९६ विदेशी नागरिकसहित दुई हजार ५२८ जनालाई पक्राउ गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपीडितलाई जाजु र शारडा ग्रुपको ६० लाखको राहत

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धारका लागि नेपाली सेनासहित प्राविधिक टोली परिचालन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu