ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय सरकार मामिलामा खोज पत्रकारिता तालीम


एबीसी न्यूज
११ श्रावण २०७६, शनिबार   ६ : ००   बजे

काठमाडौं, ११ साउन । नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले मण्डनदेउपुर नगरपालिका र बनेपा नगरपालिकाको आर्थिक सहयोगमा मण्डनदेउपुर नगरपालिका–२ स्थित नगरकोटमा आजबाट स्थानीय सरकार मामिला खोज पत्रकारिता तालीम शुरु गरेको छ ।

पत्रकारहरुलाई आफूले गरिरहेका कामलाई थप गहिराइसम्म पुगेर काम गर्न सहज बनाउने उद्देश्यले स्थानीय सकरारसँग मिलेर तालीम कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले बताउनुभयो ।

कार्यक्रमका प्रशिक्षक एवं खोज पत्रकार केन्द्रका सम्पादक शिव गाउँलेले पत्रकारहरुका लागि राम्रो पढाइ र राम्रो तालीमको आवश्यक भएको बताउनुभयो । राम्रो पढाइ र तालीमबाट नै राम्रो पत्रकारिता हुने उल्लेख गर्दै उहाँले त्यसको माध्यमबाट सतहमा देखिनेभन्दा भित्रसम्म पुगेर खोजेर लेख्ने काम गर्न सहयोग पुग्ने बताउनुभयो । तालीममा खोज पत्रकार केन्द्रका शिव गाउँले र हरिबहादुर थापाले प्रशिक्षण दिनुभयो ।

आइतबारसम्म चल्ने तालीममा जिल्लाबाट राष्ट्रिय र स्थानीयस्तरमा कार्यरत सञ्चारमाध्यममा आबद्ध ६० पत्रकारहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu