ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभापति देउवा– मान्छेका कथाहरु विमोचन


एबीसी न्यूज
११ श्रावण २०७६, शनिबार   ८ : ०२   बजे

काठमाडौं, ११ साउन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले परम्परा र संस्कारमा रहन र जान्न चाहने युवा पिँढीका लागि ‘मान्छेका कथाहरु’ कृति निकै महत्वपूर्ण शैक्षिक सामग्रीका रुपमा रहने बताउनुभएको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको कृति ‘मान्छेका कथाहरु’ को आज यहाँ आयोजित समारोहमा लोकार्पण गर्दै उहाँले कृतिमा समाजका विभिन्न तह र तप्कालाई उत्प्रेरित गर्ने सकारात्मक सन्देश प्रवाह गर्ने विषयवस्तु समेटिएको भनी लेखकको प्रशंसा गर्नुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘मान्छेका कथाहरु’ मा निकै घतलाग्दा विषयवस्तु समेटिएको छ, तपार्इं साहित्यमा मात्र होइन, राजनीतिक क्षेत्रमा पनि निकै भरोसा गरिएको योग्य व्यक्ति हुनुहुन्छ, राजनीतिक र साहित्यलाई सँगसँगै बढाउनुस् शुभकामना छ ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरा राजनीतिमा मात्र नभएर विचार, सोच र साहित्यमा समेत दख्खल हासिल गरेका प्रतिभाका रुपमा उदाएका घिमिरेलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कृतिमा समाजको यथार्थलाई चित्रण गरिएको छ, कतिपय पात्र विशेषलाई क्रान्तिकारी र विद्रोही चित्रण गरिए पनि सकारात्मक दृष्टिकोणबाट अन्त्य गरिएको छ, यस्ता कृतिबाट तत्कालीन समाजको मनोवृत्ति र कस्ता पात्र थिए भन्ने कुरा थाहा पाउन सकिन्छ । अहिले पार्टीभित्र र देशभित्र सकारात्मक चिन्तनको खाँचो छ ।

महामन्त्री सशांक कोइरालाले राजनीति र साहित्यिक क्षेत्रका परिचित व्यक्तित्व विपीले हरेक मान्छेलाई ठूलो होइन, असल बन्नु भनेर प्रेरित गर्नुभएको प्रसङ्ग उल्लेख गर्दै यसपटक घिमिरेलाई राजनीति पाटोबाट पार्टीले न्याय गर्न नसकेको बताउनुभयो ।”

नेकपाका नेता एवं साहित्यकार दीनानाथ शर्माले समाजका सबै पक्षको भावना, समस्या र समाधानको एउटै उपाय समेटिएकोे ‘मान्छेका कथाहरु’ को भाषा सरल र प्रस्तुति निकै मिठास छ भन्नुभयो ।

नेपाली काङ्ग्रेसकी नेतृ चित्रलेखा यादवले साहित्य समाजको प्रेरणा भएको हुँदा पूर्वी पहाड, तराई मधेशदेखि युरोपसम्मका विषयवस्तु समेटिएका ‘मान्छेका कथाहरु’ले समाजका प्रत्येक मान्छेलाई असल बन्न प्रेरित गरेको बताउनुभयो ।

शमी साहित्य प्रतिष्ठानका संरक्षक एवं पूर्वशिक्षामन्त्री प्रदीप नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेका नेताहरु गोपालमान श्रेष्ठ, डा रामशरण महत, डा मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक क्षेत्रका उज्ज्वल नक्षेत्रका रुपमा रहेका घिमिरेलाई राजनीतिक र साहित्यलाई एकै साथ अघि बढाउन प्रेरित गर्नुभयो ।

प्रकाशन संस्था शमी साहित्य प्रतिष्ठानका अध्यक्ष डोलेन्द्र शर्मा र प्राध्यापक लक्ष्मणले साहित्यले चेतना, चिन्तन र सोचाइमा परिवर्तन ल्याउन योगदान दिने हुनाले समाजमा भएका परिघटनाको माध्यमबाट मानिसलाई असल बनाउन प्रेरित गर्ने सन्देश ‘मान्छेका कथाहरु’ मा रहेको जानकारी दिनुभयो ।

कथाकार घिमिरेको पाँचौँ कृतिका रुपमा रहेको ‘मान्छेका कथाहरु’ मा १४ खण्ड विभाजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu