ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्दयी आमाले बच्चा जन्माएर मकैबारीमा फालिन्, प्रहरीले यसरी गर्यो जिवितै उद्दार


एबीसी न्यूज
१३ श्रावण २०७६, सोमबार   ३ : ११   बजे

काठमाडौं, १३  साउन  । एक निर्दयी आमाले जन्माएर मकैवारीमा फालेको शिशुलाई प्रहरीले जिवितै उद्दार गरेको छ । बिहीबार बिहान ११ बजेतिर काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ को ओसिस पार्टी प्यालेस नजिकैको मकैबारीबाट बच्चा रोइरहेको आवाज सुनेपछि गएर हेर्दा जिवित शिशु देखेर प्रहरीलाई खबर गरिएको थियो । स्थानीय रामा श्रेष्ठले शिशुलाई मकैबारी भित्र देखेकी थिइन् । उनले मकैबारीको बीचमा सालनालसहितको बालक देखिइन् । त्यसपछि तत्काल प्रहरीलाईफोन गरेर सबै घटना सुनाइन् ।

प्रहरी टोली बालक भेटिएको स्थानमा पुग्यो । प्रहरीले बेवारिशे अवस्थामा फालिएका शिशुको उद्धार गरी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा लग्यो । अहिले अस्पतालको एनआइसियुमा राखेर शिशुको उपचार भइरहेको छ । डाक्टर सत्यम रिमाल नेतृत्वको टोली शिशुको उपचारमा खटिरहेको छ । अस्पतालले दिएको जानकारीअनुसार शिशु स्वास्थ्य स्थिर छ ।

‘अस्पताल ल्याउँदा शुरूमा उनलाई श्वासप्रश्वासमा केही समस्या देखिएको थियो,’ अस्पताल स्रोत भन्छ, ‘अहिले उनी स्वस्थ छन् ।’ २ किलो २० ग्राम तौलका ती शिशुलाई मकैबारीमा कसले फाल्यो भन्ने खुल्न सकेको छैन । घटनाबारे सुक्ष्म रूपमा अनुसन्धान अघि बढाएको बौद्ध प्रहरीका डिएसपी नरेन्द्र चन्दले जानकारी दिएका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी शैलेश थापा क्षेत्रीका अनुसार यसरी भेटिएका बालकहरूको स्वास्थ्यलाई ध्यानमा दिएर अस्पतालमा नै राखिन्छ । स्वास्थ्य ठीक भए उनीहरूलाई अस्पतालबाट डिस्चार्ज गरी सुरक्षित स्थानमा सारिन्छ । अभिभावक एकिन नभए संरक्षण गर्ने संस्थामा हस्तान्तरण गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group