ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी तथा डुबानको समस्या समाधानका लागि एकीकृत कार्ययोजना लागू गर्ने– सिँचाइमन्त्री पुन


एबीसी न्यूज
१३ श्रावण २०७६, सोमबार   ७ : ३६   बजे

काठमाडौँ, १३ साउन  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तराई – मधेसको बाढी र डुबानको समस्या समाधानका लागि ठोस् नीतिसहित स्पष्ट कार्ययोजना बनाएर लागू गर्ने बताउनुभएको छ ।

प्रदेश नं– २ का मुख्यमन्त्री लालबाबु राउतलगायतसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले तराई–मधेशको समस्या समाधानका लागि केन्द्र सरकारले विशेष चासो दिएको भन्दै एकीकृत कार्ययोजना जरुरी रहेको बताउनुभएको हो । मन्त्री पुनले तराई–मधेश डुबानको दीर्घकालीन समाधानका लागि ठोस् कार्ययोजना आवश्यक भएकाले सोहीअनुसार केन्द्र र प्रदेश सरकार एकाकार भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले बाढी र डुबान समस्यालगायत प्राकृतिक प्रकोपविरुद्ध केन्द्र सरकार र प्रदेश मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । मन्त्री पुनले प्रदेश नं २ बाढी डुबानबाट सबैभन्दा बढी प्रभावित भएको भन्दै स्थानीय जनतासँगको सहकार्यमा दुवै सरकारले काम गर्नुपर्ने बताउनुभयो । “डुबानको जरो कुरा पत्ता लगाउन एकीकृत योजना बनाएरै अघि बढौँ, दुवै सरकारबीच समन्वय गरेर एकीकृत योजना बनाए मात्र दीर्घकालीन समस्या समाधान हुन्छ । नभए राज्यले हरेक वर्ष लगानी गरेर फाइदा हुदैन”, मन्त्री पुनले भन्नुभयो ।

उहाँले तत्कालीन समाधानले राज्यको अर्बौ पैसा खेर गएको भन्दै समस्या समाधानका लागि एकीकृत योजना बनाउनुको विकल्प नभएको बताउनुभयो । प्रदेशका भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलसहित मन्त्रालय पुग्नुभएका मुख्यमन्त्री राउतले तराई–मधेशमा भइरहेको बाढी डुबानको विषयमा मन्त्री पुनसँग छलफल गर्नुभएको हो ।

मुख्यमन्त्री राउतले मधेशमा हुने बाढी र डुबानको समस्याको दीर्घकालीन समाधान नखोजे अवस्था भयावह हुने बताउनुभयो । उहाँंले टालटुले समाधानले समस्याको हल नभएको भन्दै केन्द्र सरकारले दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले केन्द्र सरकारको ध्यान ठूला नदी व्यवस्थापनामा मात्र गएको भन्दै मधेशमा रहेका साना नदीले पनि क्षति पु¥याउने गरेको जानकारी दिनुभयो ।

उहाँले ऊर्जामन्त्री पुनसँग मधेशमा बाढी र डुबानका कारण अर्बौको क्षति भएको भन्दै आगामी दिनमा समस्याको समाधानका लागि दीर्घकालीन योजना बनाइदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हालसम्म टालटुलमर्मत गर्ने काम मात्र भयो, यसले हाम्रो समस्या समाधान भएन, ब्यापक रुपमा तटबन्ध निर्माण गर्नुपर्छ, दीर्घकालीन समाधान नखोज्ने हो भने समग्र भूभाग नै खतरामा पर्ने सम्भावना छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपीडितलाई जाजु र शारडा ग्रुपको ६० लाखको राहत

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धारका लागि नेपाली सेनासहित प्राविधिक टोली परिचालन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu