बाँके, १३ साउन । बाँकेको नेपालगञ्जबाट अवैध पाँच किलो चाँदीसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलीले बर्दिया गुलरिया नगरपालिका ६ का सुवास गुप्तालाई पक्राउ गरेको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा ८ सदरलाईनबाट सोमबार भन्सार छली गरेर ल्याउँदै गरेको पाँच किलो चाँदीसहित पक्राउ गरेको थियो । बाँकेले प्रहरीका अनुसार उनका साथबाट ५ किलो ४ सय ९५ ग्राम चाँदी फेला परेको थियो ।
धातु परिक्षणको लागी सुनचाँदी व्यवसायी संघ नेपालगञ्जमा पठाईएको बाँके प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले चाँदीसहित गुप्तालाई आवश्यक कारबाहीका लागी नेपालगञ्ज भन्सार कार्यालय पठाइएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्