ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३८ क्विन्टल सुन तस्करी प्रकरण : २९ आरोपितकाे मुद्दाकाे निर्णय आज


एबीसी न्यूज
१४ श्रावण २०७६, मंगलबार   १ : २२   बजे

काठमाडौं, १३ साउन। सर्वोच्च अदालतले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको मुद्दामा आज निर्णय सुनाउ“दैछ ।

जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हु“दै सर्वोच्च आईपुगेको मुद्दामा दुई साता लामो बहसपछि आजका लागि निर्णय सुनाउने मिति तोकिएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले निरन्तर सुनुवाई गर्दै यो मुद्दामा निर्णय गर्न लागेको हो । पक्षका कानुन व्यवसायी र सरकारी पक्षको बहस हिजो समाप्त भएपछि आज निर्णय सुनाउने मिति इजलासले तोकेको हो ।

जिल्ला अदालत मोरङले धरौटीमा छोड्न अस्वीकार गरेपछि आरोपितहरु उच्च अदालत विराटनगर पुगेका थिए । तर उच्च अदालतले पनि धरौटीमा छोड्न अस्वीकार गरेपछि उनीहरुले सर्वोच्चमा निवेदन दिएका थिए । सर्वोच्चमा मुद्दा लम्बिएपछि जिल्ला अदालतले उक्त मुद्दामा अन्तिम सुनुवाइ सुरु गर्न सकेको छैन । थुनछेक आदेशमा न्यायिक विचलनमा परेको आरोपमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीशसहित अन्य न्यायाधीश छानबिनमा तानिएपछि यो प्रकरण झनै जेलिएको हो । न्याय परिषदले उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गरेपछि सर्वोच्चमा यो मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group