ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट


एबीसी न्यूज
१४ श्रावण २०७६, मंगलबार   ३ : २६   बजे

काठमाडौं, १४ साउन । ३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् । प्रिया डाक्टर बन्न चाहन्थिन् तर एउटा भेटले उनलाई पाइलट प्रेरित गर्यो । उद्धार पाइलटको जुन जिम्मेवारी छोडेर आधा दर्जन युवतीहरु भाग्छन् उनले त्यही करिअर रोजेकी छिन् ।

प्रिया ३० जना पुरुषको टिममा एक्ली महिला हुन् । उनले ९ वर्षको समयमा सगरमाथाको आसपासबाट १ हजारभन्दा बढीलाई उद्धार गरिसकेकी छिन् ।

मेडिकलको पढाइ छाडेर पाइलट बन्ने यात्रा कस्तो रह्यो

हाइस्कुलको पढाइपछि म मेडिकल कक्षामा भर्ना हुनको लागि भारत आन्ध्र प्रदेश पुगेकी थिएँ । त्यतिबेला भर्नाको प्रक्रिया चलिरहको थियो तर घरबाट फोन आयो । भर्नाको प्रक्रिया चलिरहेको थियो तर घरबाट फोन आयो कि आमाको स्वास्थ्य खराब छ । त्यपछि म फर्कनु पर्यो । आमालाई सन्चो भएपछि मैले काठमाडौंमै बुद्ध एयरलाइन्समा क्याबिन क्रुको जागिर गर्न थालें । त्यही क्रममा बीएस्सी गरे अनि एमबीए पनि । एक दिन कसैले मेरो दाइलाई आफ्नो साथीसँग भेटाए । उनी हेलिकप्टर पाइलट थिए । उनले मलाई साथमा उडानमा लैजान चाहे, म तयार भएँ । यो मेरो पहिलो हेलिकप्टर उडान थियो । घर आएर मैले आमासँग भनें बरु म ऋण लिन्छु तर पाइलट नै बन्छु । पहिलो उडानको ४ महिनापछि नै मैले हेलिकप्टर उडाउँदैछु ।

एक्ली महिला, जंगल पहाडमाथि कसरी उड्न सक्नुहुन्छ, कसैले केही भनेनन्

म महिला हुँ त्यसैले मैले यो काम गर्न सक्दिन भन्ने सोचाइ मेरो दिमागमा कहिल्यै आएन । हो, आफ्नो सुरक्षाको लागि मैले बक्सिङ सिक्न सुरु गरें । ५ वर्षदेखि जहिले पनि काठमाडौंमा हुन्छु बिहान एक डेढ घण्टा बक्सिङ अभ्यास गर्छु । दैनिक योग पनि गर्छु । मेरो खल्तीमा सधैं एउटा चक्कु हुन्छ । यद्यपि यसको अहिलेसम्म जरुरत भने परेको छैन । मेरो एउटै सिद्धान्त के भने नशामा भएको यात्रुलाई हेलिकप्टर चढ्न दिन्न ।

सगरमाथाकी एक्ली उद्धार पाइलटले संसारको सबैभन्दा अग्लो शिखरलाई कसरी हेर्छिन्

सगरमाथामा जानु बच्चाको खेल होइन । तर म कैयौं पटक यता आरोहीसँग भेट्छु जो केही सोचविचारै नगरी यहाँ आउँछन् । म आफैं कहिल्यै सगरमाथा आरोहण गर्न चाहन्न । तर मलाई खुसी छ कि जहाँ सबै चढ्ने चाहन्छन् म त्यहाँ सिधै ल्याण्ड गर्छु ।

यस्तो कुनै मिशन जहाँ ठूलो चुनौतीको सामना गर्नुभएको थियो

एकपटक १४ हजार फिट उचाइमा बेस थियो । त्यहाँ ५०० किलो सामान पुर्याउनु थियो । सामान अपलोड गर्नको लागि कोही पनि थिएनन् । अर्थात पाइलट पनि म र सामान चढाउन र ओराल्न पनि मेरै जिम्मा । त्यसपछि २०१५ मा नेपालमा भूकम्प जाँदा ३ महिनासम्म दैनिक १०–१० राउण्ड लगाएकी थिएँ ।

नेपालमा भूकम्पको बेला अपरेशन कत्तिको मुश्किल थियो

भूकम्पको भोलिपल्ट पहिलो रेस्क्यू ल्याण्डिङ जहाँ गरेकी थिएँ त्यहाँ अचानक १०० जनाको भीड हेलिकप्टरमा घुस्न लागे । सडक बन्द थिए, मानिसहरु बाटोमा फसेका थिए । मैले पहिले वृद्ध र बालबालिकालाई उद्धार गरें । बाँकी मानिसहरुसँग परिवारको नम्बर लेखेर मलाई दिन भनें । काठमाडौं पुगेर मैले हरेकको परिवारलाई फोन गरेर उनीहरुका आफन्त सुरक्षित भएको बताएँ ।

उद्धार र पर्यटकीय उडानमा के फरक महसुस गर्नुहुन्छ 

पर्यटकीय उडान हो भने मौसम खराब भएको बेला उडान गर्दैनौं । तर, उद्धारको लागि मौसमको चुनौती स्वीकार गर्नुपर्छ । ध्यान फसेको व्यक्तिलाई बाहिर निकाल्नेमै केन्द्रित हुन्छ । तर मुस्किल त्यतिबेला हुन्छ जब तपाइँ कुनै बिरामीलाई अस्पताल पुर्याउन सक्नुहुन्न र उसको हेलिकप्टरमै मृत्यु हुन्छ ।

तपाइँले एक पटक सौन्दर्य प्रतियोगितामा पनि भाग लिनुभएको थियो

हो, क्याबिन क्रु हुँदा म एक सौन्दर्य प्रतियोगितामा गएकी थिएँ । हामी ५ दिदीबहिनी छौं । आमा चाहनुहुन्थ्यो कि एक छोरी ब्युटी क्विन बनुन् । अरु ४ नगएपछि म जानुपर्यो । तर प्रतियोगिता २ महिनामै निस्क्रिय भयो ।

अब भविष्यको योजना के छ 

म संसारकी सबैभन्दा बुढी पाइलट बन्न चाहन्छु । ६० को उमेरमा पनि म हेलिकप्टर उडाउन चाहन्छु । तत्काललाई स्लिङ अपरेशनको तालिम लिने योजना छ जसमा उडानकै क्रममा डोरीबाट सामान र मानिसलाई ओरालिन्छ ।

तपाइँको कोही प्रेरणाको स्रोत छ

मलाई लाग्दैन कि कोही कसैलाई इन्स्पायर गर्न सक्छ । तपाइँले आफैं सब गर्नुपर्छ । मैले सोचेकी थिएँ कि पाइलट बनेरै छाड्छु । जसरी प्रियंका चोपडाले जीवन, बिहे, करिअर, विवादलाई व्यवस्थापन गरेकी छिन् म पनि त्यसरी नै व्यवस्थापन गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group