ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राम्रो काम गर्न नसके पद त्याग्ने पर्यटनमन्त्री भट्टराईको घोषणा


admin
१६ श्रावण २०७६, बिहिबार   १ : ४९   बजे

काठमाडौं, १६ साउन । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले काम गर्न असफल भएको महशुस हुनासाथ पद त्याग गर्ने घोषणा गर्नु भएको छ ।

बुधबार मन्त्री पदमा नियुक्त हुनु भएका भट्टराईले भोलिपल्ट बिहीबार संचारकर्मीमाझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले काम गर्न नसक्ने महशुश हुनासाथ पदबाट राजीनामा दिने घोषणा गर्नु भएको हो ।

बिहीबार बिहानै काठमाडौंको बल्खुस्थित तत्कालीन एमालेको केन्द्रिय कार्यालय परिसरमा रहेको मदन भण्डारीको शालिकमा माध्यार्पण गरेपछि उहाँले मैले प्रधानमन्त्रीसँग करार सम्झौता गर्न नपाएको उल्लेख गर्दै काम गर्न असफल भएको महशुस हुनासाथ जिम्मेवारीबाट पछि हटने स्पष्ट पार्नुभयो ।


‘मेरो सबैभन्दा ठूलो करार सम्झौता त्यहीँ हुनेछ, जुन दिन मैले काम गर्न सकिन् अथवा म असफल भएँ भन्ने महशुस प्रधानमन्त्रीलाई हुन्छ, ’ मन्त्री भट्टराईको भनाई थियो, ‘त्यो दिन प्र्रधानमन्त्रीले मलाई भन्नु हुनेछ र म मन्त्री पदबाट हटनेछु ।’ मन्त्री भट्टराईले सरकारले ल्याएको ‘सुःखी नेपालीः समृद्ध नेपाली’ को नारालाई पूरा गर्न लागिपर्ने र ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर नेपाललाई विश्वकै आकर्षक पर्यटक गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको पनि बताउनु भयो ।

मन्त्री भट्टराईले केही दिन भित्र आफ्नो कार्ययोजना संचार माध्याममार्फत् सार्वजनिक गर्ने जानकारी पनि दिनु भयो । उहाँले आफूले जिम्मेवारी पाएको मन्त्रालयको काम कार्वाहीका बारेमा, त्यसका विवादास्पद कतिपय विषयहरुका बारेमा केही दिन भित्रै आफ्नो धारणा सार्वजनिक गर्ने पनि बताउनु भयो । मन्त्री भट्टराईले पाँच महिनायता मन्त्रालयमा मन्त्रीको अभावमा हुन नसकेका कामलाई तीव्रताका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

त्यस अवसरमा मन्त्री भट्टराईले मदन भण्डारीलाई आफूले राजनीतिक आर्दश नेताको रुपमा स्मरण गर्ने गरेको पनि बताउनु भयो । यस अघि भट्टराईले जनयुद्धहरुका सहीदहरुको शालिकमा पनि माध्यार्पण गर्नु भएको थियो । कोटेश्वरको पेरिसडाँडास्थित तत्कालीन माओवादी केन्द्रको कार्यालय परिसरमा रहेको जनयुद्धका सहीदहरुको शालिकमा माल्यार्पण गर्नु भएको हो । बुधबार पनि उहाँले मन्त्री पदको सपथ लिनेवित्तिकै लैनचौरस्थित सहीद पार्कमा पुगेर सहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group