ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवतीसँग गहिरो प्रेम थियो, त्यही प्रेम बिछोडिँदा जीवन यात्रा नकारात्मक भएर बदलियो


एबीसी न्यूज
१९ श्रावण २०७६, आइतबार   २ : २२   बजे

काठमाडौं, १९ साउन । दुई दशकअघि सरकारी जागिरे हुनु चानचुने कुरा होइन । त्यो बेलाको सरकारी जागिरको सान बेग्लै हुन्थ्यो । बिहेबारीदेखि घरको बन्दोबस्ती तथा जीवनशैली नै फरक हुन्थ्यो । काठमाडौँ टङ्गालका ५८ वर्षीय मनोहर केसी त्यो बेला सडक विभागको नायब सुब्बा हुनुहुन्थ्यो ।

उहाँको एक युवतीसँग गहिरो प्रेम थियो । त्यही प्रेम बिछोडिँदा जीवन यात्रा नकारात्मक भएर बदलियो । “धादिङमा सडक विभागको नायब सुब्बा भएर काम गर्नुभएको थियो, प्रेममा बिछोडिँदा मनोरोगी हुनुभयो, त्यसपछि झण्डै २५÷३० वर्षदेखि सडकमै बास भयो” काठमाडौँ महानगरपालिका– ५ का वडाध्यक्ष रमेश डङ्गोलले भन्नुभयो ।

हाँडीगाउँ आसपास सडकमा एउटा हातले पाइन्ट समाउने र अर्का हातले पाँच रुपैयाँ माग्ने उहाँको दैनिकी थियो । बेलाबेलामा सडकको कागज टिपेर गोजी भर्ने । कसैले पाँच रुपैयाँ दिएपछि दोकान कुदिहाल्ने । स्थानीयवासीका अनुसार पछिल्लो समयमा उहाँ बढी मदिराको लतमा हुनुहुन्थ्यो ।

विगतमा परिवारले उपचार प्रयास पनि गरेको थियो । वडाध्यक्ष डङ्गोल सम्झनुहुन्छ, “न त सफल हुनुभयो, न परिवारमै अडेर बस्न सक्नुभयो ।” आमा हुँदासम्म उहाँ केही समय घरमा पनि बस्ने गर्नुहुन्थ्यो । आमाको शेषपछि भने उहाँको बास सडकमै हुने गरेको स्थानीयवासीको भनाइ छ ।

एकपटक सडकमा घुम्दाघुम्दै हराउनुभयो । त्यही बेला सवारी दुर्घटनामा परेर एक व्यक्तिको शव ठ्याक्कै केसीको अनुहारसँग मिल्यो । परिवारले आफ्नै मान्छे भनेर १० दिनको किरियासमेत गरेको डङ्गोल सम्झनुहुन्छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा शवको पहिचान गर्न उहाँ पनि जानुभएको थियो । केसीले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो । धादिङमा उहाँ जागिरमा छँदै मानसिक समस्या आएको स्थानीयवासी बताउँछन् ।

मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना भन्नुहुन्छ, “प्रेम या कुनै पनि विषयबाट आघात भएका व्यक्तिमा डिप्रेसन देखिन सक्छ, जीवनप्रति नैराश्य तथा एक्लोपन हुने हुन्छ, बेलैमा सही व्यवस्थापन गर्न नसकिए मानसिक समस्या पनि हुन्छ, मनोविमर्श सेवा र साइकोथेरापीका माध्यमबाट उपचार गर्नुपर्छ ।” त्यस्ता व्यक्तिले आत्महत्यासमेत गर्नसक्ने उहाँले बताउनुभयो ।

यसरी गरियो उद्धार

विगतमा उहाँको समस्या कसरी समाधान गर्ने भन्ने कुनै उपाय थिएन । आफ्नै गाउँको मान्छे सडकमा विक्षिप्त भएर हिँड्दा चिन्ता लाग्थ्यो । काठमाडौँ महानगरले मानव सेवा आश्रमसँग सहकार्य गरेकाले उहाँलाई राख्ने ठाउँको चिन्ता भएन । त्यसैले वडाध्यक्ष र वडा सदस्य मिलेर उद्धार गरी उहाँलाई आश्रममा पु¥याउन सफल हुनुभयो ।

तीन दिनअघि हाँडीगाउँस्थित कृष्ण मन्दिर नजिकै देखिनुभयो । काठमाडौँ महानगरपालिका–५ का अध्यक्ष डङ्गोल, वडा सदस्य मीनासिंह प्रजापति र उत्तम शर्माले उद्धार गरी आश्रम पु¥याउनु भएको हो । उहाँका आमाबुबा हुनुहुन्न । वडा सदस्य प्रजापति एउटै वडा निवासी उहाँ आफूले देखेदेखि नै सडकमा रहनुभएको बताउनुहुन्छ । शुरुमा त्यति ठूलो मानसिक समस्या थिएन । समय बित्दै जाँदा गम्भीर मानसिक समस्यामा पुग्नुभएको उहाँले बताउनुभयो ।

आश्रममा पुगेपछि केसीमा केही सकारात्मक परिवर्तन देखिन थालेको छ । “कुनै कुराले असर पर्दा तत्कालै मनोविमर्श सेवा र प्रेम नपाएको मानिस मनोरोगी हुन पुग्छन्, उनीहरुको अन्तिम स्थान भनेको सडक नै हुनुपुग्छ”, आश्रमका प्रदेश संयोजक सुमन बर्तौलाले भन्नुभयो । त्यसैले अरुले हेलाँ गरेर फ्याँकिएका मान्छेलाई माया दिनु आश्रमको लक्ष्य भएको उहाँले बताउनुभयो ।

बर्तौलाका अनुसार कतिपय व्यक्ति माया र प्रेमले परिवर्तन हुन्छन् भने कतिपयलाई दीर्घकालीन औषधि सेवनको खाँचो हुन्छ । चिकित्सकको रायअनुसार अवस्था हेरेर मनोरोगीको उपचार गर्ने गरिएको छ । ठीक भएर घर पहिचान भएकालाई परिवारमा पुनःमिलनसमेत गराइन्छ । पारिवारिक हिंसा, आपसी बेमेल, श्रीमान्को हेला, घरपरिवारको बेवास्ता, असफल प्रेम जस्ता कारणले मानिस मनोरोगी भएर सडकमा पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group