ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काश्मिरमा भारत सरकार कडा, स्थानीय नेताहरु नजरबन्दमा


एबीसी न्यूज
२० श्रावण २०७६, सोमबार   ८ : ३५   बजे

श्रीनगर, २० साउन  । भारत प्रशासित कश्मीरमा तनाव बढ्दै गएको छ । गएराति नै स्थानीय प्रशासनले कश्मीरमा सुरक्षा सतर्कता बढाउँदै कयौं प्रभावशाली नेताहरुलाई नजरबन्दमा राखेको हो । नेशनल कन्फ्रेन्सका नेता तथा पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला, पीडीपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री महबुबा मुफ्ती, जम्मु कश्मीर पिपल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरुकै निवासमा नजरबन्द गरिएको हो ।

यस अतिरिक्त श्रीनगरमा हिँडडुल गर्न सर्वसाधारणलाई समेत रोक लगाउने गरी ‘धारा १४४’ लागू गरिएको छ । उक्त व्यवस्थासँगै शैक्षिक संस्था बन्द गरिएको छ भने श्रीनगरसहित कश्मीरमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ ।

पूर्व मुख्यमन्त्री अब्दुल्लाले सर्वसाधारणलाई संयमता अपनाउन आह्वान गरेका छन् । पूर्व मुख्यमन्त्री मुफ्तीले नजरबन्दमा राखिएकोमा आपत्ति जनाउँदै जम्मु कश्मीरको आवाजलाई दबाउने प्रयास भइरहेको बताएकी छन् ।

उता, पाकिस्तानले पनि कश्मीरमा भइरहेको घटनाक्रमलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाएको छ । आइतबार नेशनल सेक्युरिटी कमिटीको बैठकले भारतीय सेनाका तर्फबाट हुने कुनै पनि प्रकारका ‘दुस्साहस’को जवाफ सशक्त ढंगले दिने निर्णय गरेको छ ।

पाकिस्तान र अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानमा जारी संघर्षको स्थायी समाधान खोजिरहेको समयमा नै भारतले कश्मीरको स्थायी शान्ति बिथोल्न थालेको पाकिस्तानको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीमा बनेको ताल फुटेको खबरपछि गोसाइँकुण्ड गाउँपालिकाको सतर्कता

सम्बन्धित

विदेशबाट आईएमईमार्फत निःशुल्क राहत कोषमा रकम पठाउन सकिने

बीमा कसुरको आरोपमा हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेल पक्राउ

हिमालयन रिइन्स्योरेन्सकी पूर्वसीईओ उपासना पौडेल पक्राउ

सुनको भाउमा निरन्तर गिरावट

बाढी प्रभावित नुवाकोट र रसुवामा ५०० थान सोलार पावर बैंक हस्तान्तरण

बाढी–पहिरो पीडितको राहतका लागि श्रृंखला र सम्भवले २५ लाख रुपैयाँ दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu