ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदको अवरोध हट्यो, के के भए सहमति ?


एबीसी न्यूज
२० श्रावण २०७६, सोमबार   ३ : ३६   बजे

काठमाडौँ,  २० साउन  । गठन संगै लामो समय देखि अवरुद्ध हुदै आएको संघीय संसदको प्रतिनिधिसभाको बैठक सुचारु भएको छ ।

सोमबार संघीय संसद भवन नयावानेश्वरमा बसेको सर्वदलिय बैठकमा सदनको गतिरोध अन्त्य गर्ने र संसदलाई प्रभावकारी बनाउने सहमति भएपछि असार २४ गते देखि अवरुद्ध संसद संचालनको बाटो खुलेको हो । छलफलमा संसदमा फेरी पनि यस्तै गतिरोध देखा नपरोस् भनी सुझाव दिनका लागि ७ सदस्यीय अध्ययन तथा सुझाव विशेष समिति गठन गर्ने सहमति भए अनुसार बैठकमा सभामुखले प्रतिनिधिसभा नियमाली २०७५ को नियम १ सय ७७ बमोजिम अध्ययन तथा सुझाव संसदीय विशेष समितिमा रहनुहुने सदस्यहरुको नामाबली पढेर सुनाउनुभएको थियो ।

नेकपा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ्गको संयोजकत्वमा गठित समितिमा नेकपाका तर्फबाट देव गुरुङ्ग र विन्दा पाण्डे, नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतम, मिनेन्द्र प्रसाद रिजाल, राजपाबाट लक्षमणलाल कर्ण र समाजवादी पार्टीबाट उमाशंकर अरगरिया सदस्य छन् । समितिले सभामुखको निर्देशनमा रही काम गर्ने छ । समितिलाई १ महिनाको समय दिईएको छ ।

यसअघि बैठकको सुरुमै बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रमुख प्रतिपक्षी दलले संसद अवरुद्ध गर्दा उठाएका मानवअधिकार र लोकतन्त्र संग जोडिएका विषयवस्तु सम्बोधन गर्नका लागि संसदबाटै सम्बोधन गरेर जनताले सुन्न पाउने व्यवस्था मिलाउन सभामुखको प्रभावकारी नेतृत्व र भुमिकाको अपेक्षा आफुहरुले गरेको बताउनुभयो । उहाँले कांग्रेस कुनै पनि हत्या हिंसाको पक्षमा नरहेको र शान्तिपुर्ण रुपमा समाधान खोज्नुपर्छ भन्नेमा दृढ रहेको र लोकतन्त्रका आधारभुत मुल्य मान्यता र मानवअधिकार, विधिको शासन, शुसासनको विषयमा वकालत गर्न आफ्ना दृष्टिकोण राख्दै आएको स्मरण गराउदै विधिको शासन र मानवअधिकारको रक्षाका लागि सरकारलाई जिम्मेवार बनाउने सवालमा सभामुखको प्रभावकारी भुमिका खेल्नेमा आफुहरु विश्वस्त रहेको बताउनुभयो ।

राजपाका सांसद राजकिशोर यादवले नेपालको राष्ट्रिय राजनीतिमा सार्थक संवादको सुरुवात भएको भन्दै सभामुखको पहल कदमीको प्रसंम्सा गर्नुभयो । गिशिचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक र सर्लाहिका घटनाको सही तथ्य बाहिर आउनुपर्ने माग गर्दै आफुहरुले संसद अवरुद्ध गर्दै आएको उल्लेख गर्दे उहाँले सभामुखको पहलकदमीबाट सार्थक निष्कर्षमा पुग्ने काम भएकोमा सबै प्रति आभार व्यक्त गर्नुभयो ।

नेकपा संसदीय दलका प्रमुख सचेतक देव प्रकाश गुरुङ्गले संसदको गतिरोध अन्त्य गर्दे सुझाव समिति गठन गर्ने विषयमा भएको सहमतिको स्वागत गर्नुभयो । उहाँले छलफल मार्फत समस्याको समाधानमा पुग्ने सन्र्दभमा भएको सहमति सकारात्मक पक्ष भएको धारणा राख्नुभयो ।

यस अघि साउन १६ गते विहिबारको बैठक सूचना टाँसेर साउन २० गते सम्मका लागि स्थगित गरिएको थियो । संसदको अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्ण बहादुर महराले आव्हान गर्नुभएको सर्वदलिय बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि थप छलफल आवश्यक रहेको भन्दै बैठक ४ दिन पछाडि सारिएको थियो । आज सोमबार ११ बजेका लागि बोलाईएको बैठकपनि सर्वदलिय छलफल चलिरहेको भन्दै सुचना टाँसेर १ बजे सम्मका लागि स्थगित गरिएको थियो । यसबीचमा सभामुखले संसदीय दलका उपनेता तथा प्रमुख सचेतकहरुसंग छलफल गर्नुभएको थियो ।

नेत्र विक्रम चन्द्र विप्लब समुहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको गोली लागि मृत्यु भएको घटना छानविन गर्न संसदीय छानविन समिति गठनको माग गर्दे नेपाली कांग्रेस र राजपाले असार २४ गते देखि सदन अवरुद्ध गर्दै आएका थिए । लालबन्दी नगरपालिका लखनदेहीको जंगलमा प्रहरीसंगको मुठभेडमा मारिएको भन्ने सरकारी दाबी सही नभएको भन्दै कांग्रेसले घटनाको सत्य तथ्य छानविन हुनुपर्ने माग गर्दे आएको थियो । त्यसैगरी सर्लाहीको श्रीनगरस्थित बाँके खोलामा अबैध बालुवा खन्ने क्रममा बनेको खाल्डोमा डुबेर बालक अमित कुमार रायको मृत्यु भएपछि भएको प्रर्दशनका क्रममा प्रहरीे चलाएको गोली लागि सिंहको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group