ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिकित्सा आयोगको उपाध्यक्षमा नौ चिकित्सकको कार्ययोजना


एबीसी न्यूज
२० श्रावण २०७६, सोमबार   ७ : ०८   बजे

काठमाडौँ,  २० साउन  । बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा आयोगको उपाध्यक्ष पदका प्रत्याशीका बीचमा यही साउन २६ र २७ गते कार्ययोजना प्रस्तुति गरिने भएको छ । उपाध्यक्ष छनोट समिति सचिवालयका अनुसार ११ जना चिकित्सकले सो पदका लागि दरखास्त दिनुभएको थियो । तीमध्ये नौ जना चिकित्सक कार्ययोजना प्रस्तुतिका लागि छनोटमा परेका छन् ।

दुई जना आवेदकको निवेदन छनोट समितिले रद्द गरेको छ । उपाध्यक्ष पदका लागि यही साउन १ देखि १५ गतेसम्म आवेदनको समय निर्धारण गरिएको थियो । यही साउन २६ गते प्रा डा पारस पोखरेल, प्रा डा नीलमणि उपाध्याय, प्रा डा तरुण पौडेल, प्रा डा यहुनचन्द्र शिवाकोटी र प्रा डा रमेशप्रसाद सिंहले आफ्नो कार्ययोजनाका प्रस्तुति गर्नुहुनेछ ।

यसैगरी साउन २७ गते प्रा डा राजेन्द्रप्रसाद साह, प्रा डा सुरेन्द्र शेरचन, प्रा डा शम्भुकुमार पहारी र प्रा डा श्रीकृष्ण गिरीले प्रस्तुति दिनुहुनेछ ।

समितिले आवेदनको सूचना प्रकाशित गर्दा सार्वजनिक लाभ हुने पदमा नभएका, आफ्नो कलेज वा लगानी नभएका, कुनै संस्थाको सञ्चालक नभएका जस्ता विषय खुलाएर लिखित रुपमै खुलाउन माग गरेको थियो । छनोट समितिले नौजना विज्ञ चिकित्सकमध्ये तीन जनाको नाम सरकारलाई सिफारिस गर्नेछ । आयोगको गत चैत ४ गते बसेको पहिलो बैठकले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वमा उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो । राष्ट्रिय चिकित्सा शिक्षा ऐनअनुसार सिफारिस समितिमा लोकसेवा आयोगका अध्यक्ष संयोजक रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राहत वितरणका विषयमा गल्छीका वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन

त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार जारी, पुनः बाढी आएपछि नदीको सतह १० मिटरसम्म बढ्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu