ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय सर्प कार्यशाला सम्पन्न


एबीसी न्यूज
२१ श्रावण २०७६, मंगलबार   १२ : ५०   बजे

काठमाडौँ, २१ साउन । पाँच बुँदे घोषणापत्र तयार गर्दैै कालीगण्डकी नदी उत्तरबाहिनी क्षेत्रमा चलेको अन्तर्राष्ट्रिय सर्प कार्यशाला सकिएको छ । पाल्पाको रम्भा गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका, वन तथा कृषि विश्वविद्यालय चितवन रामपुर र कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा कार्यशाला भएको हो । नागपञ्चमीको अवसर पारेर शनिबारदेखि शुरु भएको कार्यशाला सोमबार सकिएको हो ।

पाल्पाको रम्भा गाउँपालिका–१ तथा गल्याङ नगरपालिका मालुङको सीमा क्षेत्रमा तीन दिनसम्म चलेको कार्यशालाले नागपञ्चमीको दिनलाई अन्तर्राष्ट्रिय सर्प दिवस मनाउनका लागि नेपाल सरकारमार्फत सम्बन्धित निकायमा पठाउने, ‘सर्पबाट बचाँै, सर्पलाई बचाऊँ’ भन्ने मूल नारालाई साकार बनाउने, अन्तर्राष्ट्रिय सम्मेलन २०७७ को नागपञ्चमीको दिन चितवनमा सञ्चालन गर्ने, कार्यशाला गोष्ठीबाट निस्केका निष्कर्षलाई हुबहु सम्बन्धित निकायमा पठाउने घोषणापत्र तयार पारिएको छ ।

घोषणापत्रअनुरुप प्रतिवेदन तयार पार्नका लागि चैतन्य कृष्ण प्रभुको संयोजकत्वमा डा प्रमोद ढकाल, प्रा डा तुलसी खनाल, देवप्रसाद पाण्डे, डा मोतीप्रसाद ढकाल सदस्य रहेको पाँच सदस्यीय प्रतिवेदन तयारी समिति चयन गरेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभएको छ ।

समितिले एक महीनाभित्र प्रतिवेदन तयार पार्नेछ । गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्रालयका तालीम शाखा प्रमुख सहसचिव वासुदेव काफ्लेले सर्पलाई चिन्न सके यसको महत्व र मित्रताको सन्दर्भमा जानकारी हुने बताउनुभयो ।

कार्यक्रममा अन्तर्राष्ट्रियस्तरमा नागपञ्चमीको परिचय गराउने, सर्पलाई बचाउने, सर्प शत्रु होइन मित्र हो भन्ने जानकारी सबैमा फैलाउन आवश्यक रहेको रम्भा गाउँपालिका पाल्पाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । नेपालमा ८९ प्रकारका सर्प भएकामा चार प्रकारका मात्रै विषालु रहेको निष्कर्षसहित सबै सर्पका विषयमा यमप्रसाद भण्डारी, डा देवप्रसाद पाण्डेले सर्पको मुख र यसको विषको विषयमा प्रयोगात्मक ज्ञान, सीपसमेत सिकाउनुभएको थियो ।

सर्पले मुसा, किरा फट्याङ्ग्रा खाएर खेतीपाति जोगाउन मद्दत गर्ने, सर्पका विषलाई प्रशोधन गरेर औषधिको रूपमा प्रयोग गर्न सकिने, धार्मिक दृष्टिले पनि यसको महत्व रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group