ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष प्रचण्ड र केपी ओलीलाई फरक धारणाका साथ प्रस्तुत हुने छुट छैन : महासचिव बिष्णु पौडेल


sharan sharan
२१ श्रावण २०७६, मंगलबार   ३ : ५१   बजे

बुटवल, २१ साउन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले अवको केहि हप्तामा पार्टी एकिकरणका सम्पुर्ण काम सम्पन्न हुने बताउनु भएको छ ।
गृह जिल्ला रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ कमिटीको आयोजनामा भएको अगुवा कार्यकर्ता भेलालाई आज बुटवलमा सम्बोधन गर्दै महासचिव पौडेलले निती, सिद्धान्त र कार्यक्रमका बिषयमा एकिकृत भई सकेपछि अव एकताका काम धेरै बांकी नरहेको बताउनु भयो ।
उहांले बिचार र सिद्धान्तमा एकरुपता नभई पार्टी एक हुन नसक्ने बताउंदै एकता प्रक्रियाले प्रचण्ड र केपीओलीलाई ब्यक्ति फरक भएपनि फरक दृष्टीकोणका साथ प्रस्तुत हुने अधिकार नभएको बताउनु भयो ।
पार्टी एकिरणको काम सकिए लगत्तै पार्टी र सरकारलाई सहयोग पुग्ने गरि बिशाल अभियानका साथ पार्टी जनतामा जाने जानकारी दिंदै उहांले अभियानमा पार्टीका कुनै पनि सदस्यहरु फुर्सदमा बस्न नपाउने निर्देशन दिनुभयो । पार्टीको स्कुल बिभागलाई पार्टीकै प्रमुख अंगकारुपमा ब्याख्या गरिएको प्रति गुनासो गर्दै महासचिव पौडेलले पार्टी स्कुल बिभाग पार्टीको सर्बोच्च अंग नभएको स्पष्ट पार्नुभयो ।
महासचिव पौडेलले बिगत १ वर्ष सम्म फुर्सदमा रहेका नेता कार्यकर्तालाई फुर्सदको अवधिलाई शक्ति संचयको अवधी बुझेर अव कुनै पनि नेता कार्यकर्तालाई जिम्मेवारीबाट खालि नराखिने बताउनु भयो । स्थानीय पार्टी कमिटीहरु केन्द्र, प्रदेश र स्थानीय तहका सरकारले सुरु गरेको योजनाहरुको अनुगमनमा क्रियाशिल हुन निर्देशन दिंदै पौडेलले सरकारका हरेक कदमहरुलाई पार्टीले खबरदारी गरेर जान आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा रुपन्देही ईन्चार्ज लिला गिरी, सह ईन्चार्ज द्धय दधिराम न्यौपाने र खिमलाल भट्टराई लगायतले पार्टीको संगठन एक भएपनि मन र भावनामा एकता ल्याउन अझै कसरत गर्न आवश्यक रहेको धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group