ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौतीस जिल्लाका ४७ जनप्रतिनिधि रिक्त


एबीसी न्यूज
२१ श्रावण २०७६, मंगलबार   ७ : १९   बजे

 

काठमाडौँ, २१ साउन । बिभिन्न ३४ जिल्लाका ४२ स्थानीय तहका ४७ पद रिक्त रहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सङ्घीय मामिला शाखाका शाखा अधिकृत दुर्गा दाहालका अनुसार एक उपमहानगरपालिका प्रमुखसहित चार गाउँपालिकाका प्रमुख/उपाध्यक्ष रिक्त रहेका छन् ।

उहाँका अनुसार सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बा, सङ्खुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खङ्गबहादुर कटुवाल, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरी, हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही, फागुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङ निधन भएका कारण रिक्त रहेको छ ।

रिक्त पदाधिकारी हुनेमा धेरैजसो निधन र जिल्ला समन्वय समितिमा निर्वाचित भएका छन् । रिक्त हुनेमा सबैभन्दा बढी महोत्तरीमा चार पदाधिकारी, प्यूठान, पाँचथर र बैतडीमा तीन/तीन पदाधिकारी रिक्त छन् । महोत्तरीको बेलवा नगरपालिका दुई पदाधिकारी, मटिहानी नगरपालिका र पिपरा गाउँपालिका एक/एक पदाधिकारी रिक्त रहेका छन् ।

बैतडीको पुर्चौडी नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिका वडाध्यक्ष रिक्त रहेका छन् । पाँचधरको फिदिम नगरपालिका, फागुनन्द गाउँपालिका, हिलिहाड गाउँपालिकामा एक/एक रिक्त छ । प्यूठानको ऐरावती गाउँपालिका वडा नं १ र २ सहित प्यूठान नगरपालिकामा एक जना वडाध्यक्ष रिक्त रहेका छन् । यस्तै चितवनको खैरहनी नगरपालिका वडा नं ४ र वडा नं ५, सङ्खुवासभाको खाँदबारी नगरपालिका र मकालु गाउँपालिकामा पनि वडाध्यक्ष रिक्त रहेका छन् ।

निर्वाचन आयोगले रिक्त रहेका सङ्घ, प्रदेश र स्थानीय तहका पदाधिकारीको निर्वाचन आगामी मङ्सिर १४ गते निर्वाचन गर्ने तयारी गरेको छ । सङ्घमा कास्की निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएका तथा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि उक्त निर्वाचन क्षेत्र रिक्त रहेको छ । यसैगरी प्रदेश सदस्य निधन भएका बागलुङ निर्वाचन क्षेत्र २ ९२०, भक्तपुर निर्वाचन क्षेत्र १ को ९१० र दाङ निर्वाचन क्षेत्र ३ को ९२० मा समेत निर्वाचन गराइने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group