ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिलामी नहुँदा भन्सारमै थन्किए सवारी साधन


एबीसी न्यूज
२२ श्रावण २०७६, बुधबार   १ : २३   बजे


काठमाडौं, २२ साउन । सरकारी निकायको बेवास्ताका कारण नेपालगञ्ज भन्सार कार्यालयमा लाखौँ मूल्यका सवारी साधन लिलाम नहुँदा थन्किएका छन् । मूल्याङ्कन गर्न ढिलाइ भएका कारण बरामद भएका सवारी सधानको लिलाम प्रक्रिया शुरु गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ ।

लिलामी हुन नसक्दा सवारी साधन जीर्ण अवस्थामा थन्किएका छन् । सुरक्षाकर्मीले करीब पाँच वर्षअघिदेखि नियन्त्रणमा लिएका चोरीका सवारी साधन अझै लिलाम बिक्री हुन सकेका छैनन् । लिलाम हुन नसक्दा भन्सार कार्यालय परिसरमा थन्काइएका सवारी साधन पुरानो भएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

चलाउन सकिने सवारी साधन पनि थोत्रिएर काम नलाग्ने भएका छन् । राजस्व त गुमेको छ नै, सवारी साधन पनि खेर गएका छन् । यी साधनको लिलाम गर्नका लागि भन्सार कार्यालयले सक्रियता देखाउन सकेको छैन । प्रक्रिया अघि नबढेकाले लिलाम हुनुपर्ने सवारी साधन घामपानीले जीर्ण भएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

यातायात व्यवस्था कार्यालयको समन्वयमा मेकानिकल इञ्जिनियरले बरामद सवारी साधनको मूल्याङ्कन र रकम तोकेपछि लिलाम हुने व्यवस्था छ । कर्मचारी अभावका कारण जनाउँदै मूल्याङ्कन गर्न ढिलाइ भएको जनाइएको छ । समयमै लिलाम गरेको भए ती सवारी साधनबाट रु दुई करोड राजस्व उठ्ने अनुमान भन्सार कार्यालयको छ ।

तीन वर्षअघि मात्र चोरीका सवारी साधन लिलाम गरी नेपालगञ्ज भन्सारले रु दुई करोड ४३ लाख ८६ हजार राजस्व सङ्कलन गरेको थियो । यातायात कार्यालयले २० वर्ष पुराना गाडी दर्ता नगर्ने भएकाले त्यसैलाई आधार बनाएर उत्पादन वर्ष नखुलेको भन्दै नयाँ र चालू अवस्थाकै गाडी लिलाम गर्न नसकेको प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताउनुभयो ।

भारतीय र नेपाली नम्बर प्लेट लगाएर नियमविपरीत गुडेका मोटरसाइकल र जिप प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएका हो । भन्सार कार्यालय परिसरमा करिब २५० थान मोटरसाइकल र दुई वटा जिप रहेका छन् । लिलाम हुन नसक्दा ती सवारी जीर्ण बनेका छन् ।

मूल्याङ्कन र रकम तोकिएपछि लिलाम प्रक्रिया अघि बढाउने तयारी भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले बताउनुभयो । सुरक्षाकर्मीले नियन्त्रणमा लिएका चोरीका सवारी साधनको मूल्याङ्कन गरी लिलाम बिक्री प्रक्रिया नथालिङ्ग भएपछि भन्सार कार्यालय परिसरमै त्यसै थोत्रिएका छन् ।

धेरै सवारीका कागजपत्र नभेटिएकाले लिलामीमा जान कठिनाइ भएको भन्सार कार्यालयका सूचना अधिकारी जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “सबै प्रक्रिया अन्तिम चरणमा पुगेको छ । हामी त्यसलाई खुला गर्दैछौँ ।” उहाँले पुराना फाइल खोजेर जीर्ण अवस्थामा रहेको सवारी साधनलाई सफासुग्घर गरेर मात्र प्रक्रिया अघि बढाउने तयारी गरिएको बताउनुभयो ।

सम्पूर्ण कानूनी प्रक्रिया पु¥याएर लिलाम गर्ने तयारी भइरहेको जनाउँदै उहाँले यसले राजश्व सङ्कलनमा वृद्धि हुने बताउनुभयो । “सबै काम सकिए जतिसक्यो छिटो लिलाम प्रक्रिया अगाडि बढाउने तयारी भएको छ”, सूचना अधिकारी जोशीले भन्नुभयो । बरामद गरिएका सवारी थोत्रा भइसकेकाले सोचेअनुरुप राजस्व सङ्कलन भने नहुने देखिएको छ ।

लिलाम नभएकै कारण भन्सार कार्यालयमा सवारी साधन राख्ने ठाउँसमेत नभएपछि बरामद भएका सवारी प्रहरीले आफ्नै नियन्त्रणमा राखेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भन्नुभयो, “भन्सारमा राख्ने ठाउँ नभएपछि बरामद गरिएका सवारी साधन प्रहरी कार्यालयमै राख्नुपर्ने बाध्यता छ ।”

सवारी साधन लिलाम मूल्याङ्कन समितिमा जिल्ला प्रशासन कार्यालय, भन्सार कार्यालय, यातायात व्यवस्था कार्यालय, यान्त्रिक कार्यालय, कोष लेखा तथा नियन्त्रण कार्यालय र उद्योग वाणिज्य सङ्घ प्रतिनिधि रहने प्रावधान रहेको छ । उक्त समितिले लिलाम बिक्रीमा चासो नदेखाउँदा बरामद भएका सवारी साधन लिलाम हुन नसकेको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group