ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकारलाई जवाफदिंदा कुरा बिग्रे भोट बिग्रंदैन, जनतालाई जवाफ दिंदा कुरा बिग्रे भोटै बिग्रन्छ : योगेश भट्टराई


sharan sharan
२३ श्रावण २०७६, बिहिबार   ५ : ०९   बजे

बुटवल, २३ साउन ।
संघिय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले डिसेम्बर ३० सम्ममा गौतमबुद्ध अन्तरराष्ट्रिय बिमान स्थल बिमान अवतरण गर्न उपयुक्त भई सक्ने दाबी गर्नुभएको छ ।
प्रेस संगठन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले गौतमबुद्ध बिमान स्थल आफ्नो र प्रधानमन्त्री ओलीको पनि सपना भएकाले बिमानस्थल निर्माणको काम कुनै पनि बहानामा नरोकिने बताउनु भयो ।
उहांले बिमानस्थलको काम नरोकिने गरि निर्माण सामाग्रीहरु उपलब्ध गराईदिन स्थानीय तहका प्रमुखहरुलाई आग्रह गर्दै प्रधानमन्त्रीले कामको पहिलो बिन्दु गौतमबुद्ध बिमानस्थलबाट सुरु गर्न आफुलाई निर्देशन दिनुभएको स्मरण गर्नुभयो ।
पार्टीले निर्वाचनका बेला गरेको बाचा कबुल र घोषणापत्रमा उल्लेख भएका सबै कुरा आगामी ३ वर्षमा पुरा गर्ने गरि सरकार लागेको बताउंदै मन्त्री भट्टराईले आगामी वर्ष बजेट कार्यान्वयनको बर्ष हुने स्पष्ट पार्नुभयो ।
पार्टी स्थायी समिती सदस्य समेत रहनुभएका मन्त्री भट्टराईले पत्रकारलाई गलत कुरा बताउंदा पार्टीको भोट नघट्ने तर जनतालाई गलत कुरा बताए भोट घट्ने प्रति आफु सचेत रहेको बताउंदै पार्टी र सरकार आफ्ना कमजोरीहरुलाई सच्याउंदै अगाडी बढ्न तयार रहेको बताउनु भयो ।


सरकारले अगाडी सारेको भ्रमण बर्ष २०२०लाई सफल बनाउन बिशेष कार्यक्रम तयार भईरहेको बताउंदै उहांले बिदेशमा रहेका ५० लाख नेपालीले प्रत्यकले १ जना बिदेशी नेपाल पठाउन सके सरकारको २० लाख पर्यटक भित्राउने लक्ष्य सजिलै पुग्ने बताउनुभयो । बिदेशमा बस्ने र फेसबुकबाट नेपाल खत्तम भयो भन्दै देशको बेईज्जत गर्न छाड्नु पर्ने उहांको भनाई थियो ।
भैरहवा बिमानस्थलको ईयर रुटका बिषयमा भारतसंग सहमती भईसकेपनि नेपालगन्ज रुटमा सहमती हुन नसकेको जानकारी दिंदै मन्त्री भट्टराईले भैरहवा बिमान स्थल सफल बनाउन नेपालगन्ज बिमान स्थल महत्वपुर्ण हुने बताउनु भयो ।
मन्त्री भट्टराईले आजै लुम्बिनी सर्किट अन्तर्गत रामग्राम, तिलौराकोट, देवदह लगायतका स्थानहरुको अवलोकन गर्नुभएको थियो । साउन १५ गते पर्यटन मन्त्रीको जिम्मेवारी पाउनुभएका भट्टराईको मन्त्री भईसकेपछि काठमाण्डौ बाहीरको पहिलो भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu