ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेडिकल कलेज संचालकले मनपरि शुल्क उठाउदै मेडिकल कलेज, सरकारी अनुगमन फितलो हुँदा विद्यार्थी मारमा (भिडियोसहित)


एबीसी न्यूज
२६ श्रावण २०७६, आइतबार   १२ : ०९   बजे

काठमाडौं,२६ साउन । शैक्षिक सत्र शुरु भएसंगै मेडिकल कलेजहरुले मनोमानी ढंगले रकम असुल्न थालेका छन् । मेडिकल कजेजमा मनपरि भएपनि सरकारको नियमन हुन सकेको छैन । सरकारी अनुगमन फितलो हुदा विद्यार्थी मारमा परेका छन् ।

नेपालमा मेडिकल कलेजहरुले एमबीबीएस अध्यापन गराउन लाखौं रकम लिने गरेका छन् । आवश्यकताभन्दा बढी रकम असुलेर मेडिकल कलेजहरुले ब्रह्मलुट मच्चाइरहेका छन् । यस विषयमा पटक पटक सरोकारवाला निकायमा कुरा उठ्ने र विद्यार्थीले विरोध जनाएको भएपनि हालसम्म समस्याको समाधान भएको छैन ।

यद्यपी यस विषयमा मिनी संसदको रुपमा रहेको शिक्षा तथा स्वास्थ्य समितिले एमबीबीएस अध्ययनका निम्ति २८ देखि ३१ लाखसम्म मात्रै लिन पाउने व्यवस्था गराउन सरकारलाई निर्देशन गरेको छ ।

हाल मेडिकल कलेजले ८० लाख सम्म असुल्दै आएको तथ्य बाहिर आएको छ । संसदीय समितिले मेडिकल कलेजहरुको शुल्क तत्काल घटाउन सरकारलाई निर्देशन समेत दिएको छ । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले मेडिकल कलेजहरुको शुल्कसम्बन्धि विवाद समाधान गर्न गठित उपसमितिले दिएको सुझावलाई आधार मानेर तत्काल शुल्क घटाउन सरकारलाई निर्देशन दिएको हो । राष्ट्रिय चिकित्सा शिक्षा ऐनको मर्म अनुसार मेडिकल कलेजहरुको शुल्क घटाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

समितिले मेडिकल कलेजहरुको पाठ्यक्रम र शैक्षिक क्यालेन्डरमा एकरुपता ल्याउन पनि सरकारलाई सचेत गराएको छ । त्यसैगरी गरिव, जेहेन्दार, द्धन्द्ध पीडित परिवारका सदस्यलाई चिकित्सा शिक्षा अध्ययनका लागि ऋण उपलब्ध गराउने विशेष व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।समितिको निर्देशनलाई सरकारले तदारुकतासाथ कार्याान्वयन गर्न सकेको छैन । तर समितिले जेहेन्दार विद्यार्थीहरु पनि खर्चको अभावमा चिकित्सा शिक्षा अध्ययन गर्नबाट बञ्चित हुने गरेकाले उनीहरुलाई ऋण उपलब्ध गराएर भएपनि सरकारले अध्ययन गर्ने विशेष व्यवस्था गर्नुपर्ने प्रस्ताव पेश गरिएको थियो ।

मेडिकल क्षेत्रमा भएका चरम समस्यालाई सल्टाउन राष्ट्रिय चिकित्सा शिक्षा आयोग गठन गर्न ढिलाई भइरहेको छ । आयोग गठनमा ढीलाई हुदा समस्या झनै बल्झिदै गएका छन् । आयोगबाट मार्फत सबै समस्या हल गर्न समितिले सरकारलाई निर्देशन गरेको छ । समितिका सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले सो आयोग गठन गरी चिकित्सा शिक्षा अध्ययनमा सबैको पहुँच पु¥याउने काममा सरकारले ढिलाई गर्न नहुने स्पष्ट पारे ।

समितिले सबै मेडिकल कलेजहरुको भर्ना प्रक्रियालाई समान ढंगले अघि बढाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । मेडिकल कलेजको यस प्रकारको ब्रम्हलुटको सन्दर्भमा सरकारबाट बेलाबखत विभिन्न समिती बनाएर अध्ययन गरिएको भएपनि हालसम्म शुल्क घटाएर गुणस्तरीय पढाइ हुन सकेको छैन । मेडिकल कजेज क्षेत्रमा शैक्षिक माफियाहरुले सरकारलाई अटेरी गर्दे चर्काे शुल्क असुली रहेका छन् । यसर्थ सरकारले आवस्यक संयन्त्र निर्माणसंगै कडा नियमन गरि स्वास्थ्य शिक्षालाई व्यवस्थित बनाउन अब ढिला गर्नुहुदैन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली-३ ‘ए’मा प्वालमार्फत पठाउन थालियो अक्सिजन

त्रिशूली–३ ‘बी’ आयोजनामा २०१ जना सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu