ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विविधता भित्रको एकता नै नेपाल र नेपाली जनताको पहिचान र विशेषता– अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
२७ श्रावण २०७६, सोमबार   ८ : ५४   बजे

काठमाडौं, २७ साउन  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले समाजवादको आधार तयार गर्ने दिशा अनुरुप आफूलाई परिस्कृत गर्न सवै नेपालीलाई आव्हान गर्नुभएको छ । इस्लाम धर्माबलम्बीहरुको महान् चाड इद–उल– (बकर ईद) को अवसरमा शुभकामना दिँदै प्रचण्डले सो आह्वान गर्नुभएको हो ।

‘नेपाल बहुभाषिक, बहुसांस्कृतिक र विभिन्न धार्मिक समुदायहरुको साझा भूमि हो । देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपाली जनताको पहिचान र विशेषता हो । नेपाली जनताको राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूत गर्ने वर्तमान संविधानले सबै धर्महरुको उत्तिकै सम्मान गरेको छ । धार्मिक सहिष्णुताको चेतनाका लागि नेपाली समाज एक उदाहरणीय समाजका रुपमा गनिन्छ,’ प्रचण्डले सन्देशमा भन्नुभएको छ ।

उहाँले पुरानो सोच बदलेर नयाँ सोच स्थापित गर्नु आजको चुनौती भएको पनि बताउनुभएको छ । ‘पुराना सोच, संरचना, मुल्य र मान्यतालाई व्यवहारतः विस्थापित गरि नयाँ सोच, मुल्य, मान्यता र संस्कृति अघि बढाउने चुनौती हामी सामु छ । समाजवादको आधार तयार गर्ने दिशा अनुरुप आफूलाई परिस्कृत गर्न आव्हान गर्दै यस पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु,’ शुभकामनामा अध्यक्ष प्रचण्डले भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group