ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डडेल्धुरामा बाँदर आतङ्क : कृषक भन्छन्– के खाने, के लाउने


एबीसी न्यूज
२७ श्रावण २०७६, सोमबार   १ : ४४   बजे

डडेल्धुरामा, २७ साउन । डडेल्धुरामा विभिन्न स्थानमा बाँदरले अन्नबाली खान थालेपछि किसान चिन्तित भएका छन् । खेतीपातीबाट घर खर्च चलाइरहेका यहाँका किसानलाई जङ्गली जनावरले लगाएको अन्नबाली खान थालेपछि के खाने, के लाउने भन्ने समस्याले पिरोल्न थालेको छ ।

जिल्लाका सात वटै स्थानीय तहमा जङ्गली जनावरले खेतमा लगाएको मकैबाली, दलहन तथा तरकारी सबै नष्ट गर्ने गरेको स्थानीयवासीको भनाइ छ । विगत ६/७ वर्षदेखि बाँदर आतङ्कले सताएको अमरगढी नगरपालिका—८ का स्थानीयवासी लक्ष्मी गैरालले बताउनुभयो । खाना पकाएर अन्य कामका लागि बाहिर गएको बेला बाँदरले घरभित्र पसेर खाना पनि खाइदिने गरेको छ । उहाँले भन्नुभयो, “दिनभरि बाँदर धपाउनुपर्छ, घरको काम सबै छुट्छ । के खाने, के लगाउने भन्ने पीर हुन्छ ।”

बाँदरले लगाएको खेती सखाप पार्न थालेसँगै व्यावसायिक कृषिको विकल्प सोच्नुपर्ने अवस्था आएको किसानको भनाइ छ । विगतमा बाँदर धपाएर पनि बालीको संरक्षण गर्न सकिने गरेकामा पछिल्ला दिनमा धपाउन जाँदा उल्टै बाँदरले आक्रमण गर्ने गरेको अमरगढी—८ का कृषक बिस्ना गैरालले बताउनुभयो । लगाएको अन्नबाली जङ्गली जनावरले नष्ट गर्न थालेपछि किसान खेतबारी बाँझै छोडेर विदेश जाने क्रम बढेको छ ।

वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रूपमा सूचीकृत गरेको छ । कृषकले राज्यले बालीनालीको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन् । गाउँमा मान्छेभन्दा बाँदर धेरै आउने गरेको अमरगढी—११ फिन्नेकोटका स्थानीयवासी लोकबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “सम्बन्धित निकायसँग क्षतिपूर्तिको माग गर्दासमेत दिएनन् ।”

स्थानीयवासीले बाँदर धपाउनका लागि स्थानीय प्रशासनले सहयोग गर्नुपर्ने माग गरेका छन् । बाँदर आतङ्क भए पनि स्थानीय सरकारले केही पनि पहल नगरेको भागेश्वर गाउँपालिका–१ का रमेशबहादुर ठकुराठीको आरोप छ । जिल्लाका विभिन्न गाउँमा बाँदरले बाली खाइदिएपछि जिल्ला कृषि विकास कार्यालयमा गुनासो आउने गरेको छ । कृषकले बाँदरको व्यवस्थापन एवम् क्षतिपूर्तिको माग गर्दै आए पनि त्यस सम्बन्धमा स्पष्ट नीति तयार नहुँदा उनीहरूले राहत तथा क्षतिपूर्ति पाउन सकेका छैनन् । नेपाल कृषि प्रधान देश भएकाले बाँदर न्यूनीकरणका लागि पहल गरेर कृषि उत्पादनमा जोड दिने अमरगढी नगरपालिका–८ का अध्यक्ष नरबहादुर साँकीको भनाइ छ ।

जिल्लाको अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, अजयमेरु, गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका विभिन्न वडामा बाँदर आतङ्कले मुख्य खाद्यबालीका रूपमा रहेको मकै बचाउन हम्मेहम्मे परेको छ । उता जङ्गली जनावरको आतङ्क न्यूनीकरणका लागि अजयमेरु गाउँपालिकाले वडा न। २ मा तारजालीको व्यवस्था गरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं २ का अध्यक्ष शिवराज भट्टले बताउनुभयो । जङ्गली जनावरबाट अन्नबाली जोगाउनका लागि गाउँपालिकाका ६ वटै वडामा तारजालीको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group