ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिराले सडक भासिँदा यातायात ठप्प : आठ परिवारले घर छाडे


एबीसी न्यूज
२७ श्रावण २०७६, सोमबार   ३ : ३०   बजे

बाजुरा, २७ साउन । साँफे मार्तडी सडकमा पहिरा जाँदा यातायात सेवा ठप्प भएको छ । बूढीगङ्गा नदीले सडक नै कटान गरी भासिन थालेपछि यातायात सेवा ठप्प हुन पुगेको हो ।

शिलान्यास भएको २३ वर्षपछि निर्माण सम्पन्न भएर यातायात सेवा सञ्चालन भएको एक वर्ष नपुग्दै दर्जनांै स्थानमा पहिरा जाँदा सो सडक अवरुद्ध भएपछि बाजुरावासी प्रभावित भएका छन् । गत वर्ष मात्र कालोपत्रको काम सकिएर सो सडक नियमित सञ्चालनमा आएको थियो । कालोपत्र गरेकै वर्ष पनि पहिराका कारण सडक अवरुद्ध बनेको थियो । यो वर्ष पनि दुई पटक अवरुद्ध बनिसकेको छ । सामान्य पहिरा गएको र पन्छाएपछि पुनः सञ्चालन हुने अवस्था नभएकाले लामो समयसम्म सडक बन्द हुने अवस्था देखिएको छ ।

सो सडकखण्डअन्तर्गत बूढीगङ्गा नगरपालिका– १ अमकोट क्षेत्रमा पहिराले सडक भत्किएको छ । सडकमा यातायातका साधन नै सञ्चालन गर्न नमिल्ने गरी सडक भासिएको प्रहरीले जनाएको छ । सडक नै भासिएकाले छिटो खुलाउन नसकिने सडक डिभिजन कार्यालय साँफेका इञ्जिनीयर दमन विष्टले बताउनुभयो । “यसअघि सानातिना दर्जन बढी पहिरा जाँदा समयमै खुलाउन सकिएको थियो”, उहाँले भन्नुभयो, “यो पहिराको प्रकृति हेर्दा पहिरो खुलाउन सहज छैन, पहिरा पन्छाउनका लागि निकै सकस हुने अवस्था छ ।”

सडकको आधा बढी भाग पहिराले बगाइसकेको र बाँकी भाग पनि भत्किने खतरा रहेकाले बस र ठूला मालबाहक ट्रक आवतजावतमा रोक नै लगाइएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । पहिराले भासिएको क्षेत्रमा खतराको चिह्न लगाएर प्रहरी परिचालन गरिएको छ ।

सो क्षेत्रको अम्कोट र द्वारी तथा मलाती क्षेत्रका आधा किलोमिटर बढी सडक नै पहिराको उच्च जोखिममा रहेको सडक डिभिजन कार्यालय साँफेबगरले जनाएको छ । त्रिवेणी नगरपालिका क्षेत्रमा पर्ने पैमाको पहिरा र बूढीगङ्गा नदीको कटानले सडक नै उच्च जोखिममा रहेको इञ्जिनीयर दमन विष्टको भनाइ छ ।

“बाटो पूरै भत्किसकेकाले अहिले सवारी साधन सञ्चालन गर्ने अवस्था छैन्”, उहाँले भन्नुभयो, पहिराको कारण करिब ६० मिटर सड़क भासिएकाले सड़क पूर्णरूपमा अवरुद्ध भएको छ, बाटोका लागि विकल्प खोजिए पनि तत्काल सञ्चालन गर्नसक्ने अवस्था छैन् ।”

सडक छेउको घर नै भत्काएर तत्कालका लागि वैकल्पिक बाटो निर्माण गर्नुपर्ने हुँदा यसका लागि प्रमुख जिल्ला अधिकारीसहित घरधनीको अनुमति चाहिने इञ्जिनीयर विष्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बजेट नभएपनि पछि माग गरेर पूर्ति गर्ने गरी वैकल्पिक सडक बनाइने छ । सडक अवरुद्ध हुँदा सदरमुकाम मार्तडी आउने र मार्तडीबाट जाने मालवाहक तथा यात्रुवाहक सवारी अलपत्र परेका छन् । दर्जर्नौ सवारी साधान बल्देमै रोकिएका छन् ।” सदरमुकाम मार्तडी आउने र मार्तडीबाट जाने सञ्जाल नै विच्छेद भएको स्थानीयवासी चेतन ऐडीले बताउनुभयो ।

आठ परिवारले घर छोडे

साँफे मार्तडी सडक खण्डको छेउमा रहेका आठ परिवारले घर छोडेका छन् । तलपट्टी बूढीगङ्गा नदीको तीव्र कटान शुरु गरेसँगै आँगनमै पहिरा बग्न थालेपछि उनीहरुले घर छोडेका हुन् । सात परिवारले साउन पहिलो साता नै घर छोडेका हुन् भने टीकाराम पाध्यायका दाजुभाइले एकहप्ता अघिमात्रै घर छोडेको स्थानीयवासी नवराज पाध्यायले जानकारी दिनुभयो ।

निरन्तर वर्षाका कारण सडक पहिराले भाँसिएसँगै घर पनि जोखिममा परेको छ । घरसमेत पहिरामा बग्ने भएपछि घर छोडेर अन्यन्त्र सर्नु परेको टीकाराम पाध्यायको परिवारको गुनासो छ ।

सडक तलतिर रहेका लीला पाध्याय, हीरा पाध्याय, नन्दकृष्ण पाध्याय, मनिराम पाध्याय, टीकाराम पाध्याय लगायतका परिवार पनि अन्यन्त्र सरिसकेका छन् । उनीहरुको बस्ती नजिकै पहिरा बग्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group