ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाखौ भक्तजनहरु द्धार तौलेश्वरनाथ मन्दिरमा जलापर्ण


एबीसी न्यूज
२७ श्रावण २०७६, सोमबार   ५ : ५२   बजे

कपिलवस्तु , २७ साउन । साउन महिनाको चौथौ तथा अन्तिम सोमवार तौलिहवा स्थित तौलेश्वरनाथ धामको प्राचीन तौलेश्वर नाथ महादेव मन्दिरमा लाखौ भक्तजनहरुले जलापर्ण गरेका छन् । भक्तजनहरुले बाणगंगा नदीको रामघाट भागिरथी नदी नदीमा स्नान गरि सो मन्दिरमा जलापर्ण गरेका हुन । आइतबार राती नदी किनारमा भजन किर्तन, नाचगान गरि उनीहरुले महादेवलाई नदीको जल सोमबार विहान अर्पण गरेका थिए । जर्लापणको लागि जिल्लाको विभिन्न स्थानबाट हजारौको संख्यामा तिर्थालुहरु तौलिहवा आएका छन ।

तिथी अनुसार साउनको तेस्रो सोमवार जलापर्ण यात्रामा भक्तजनहरुको ठुलो भीड लागेको थियो । आराध्य देव शिवको प्यारो महिना साउन त्यस्मा पनि सोमवारका दिन स्नान गरी शिव मन्दिरमा जलापर्ण गर्नाले पाँप नाश भई पुण्यफल मिल्ने भक्तजनहरुको बिश्वास छ । साउनमा पर्ने सोमवारका दिन ब्रत बसी जलापर्ण गर्नाले मनोकांक्षा समेत पुरा हुने भन्दै उनीहरु जलपर्ण यात्रामा सहभागी भएका थिए । सदरमुकाम देखि ५ किमी टाढा रहेको नदी बाट भक्तजन तथा बालबालिकाहरुले जल लिएर “बोल बम” भन्दै मन्दिरमा आइ जर्लापण समेत गरेका थिए ।

साउन महिनाको सोमवारका लागि स्थानीय प्रशासनले बिशेष सुरक्षा ब्यवस्था मिलाएको छ । गाउ गाउबाट जलयात्रामा स–साना बालबालिका देखि युवा, महिला तथा बृद्धहरुले समेत पहेलो वस्त्र धारण गरी काधमा कावर लिएर सहभागी रहेका थिए । मन्दिरमा भक्तजनहरुलाई बिभिन्न संघ संस्था र ब्यक्तिहरुले प्रसादको समेत ब्यस्था गरेका थिए । साउन महिनामा मन्दिरमा हुने भक्तजनहरुको चापलाई मध्य नजर गर्दै मन्दिरमा बिशेष प्रबन्ध मिलाईएको मन्दिर ब्यवस्थापन समितिका सचिव हरिशचन्द्रलाल श्रीवास्तवले बताए । आजाको दिनमा लगभग तिन लाख भत्तजन हरु मन्दिरमा दर्शन गर्न आएका सचिवले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group