ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेत्रज्योति सङ्घमा आधुनिक उपकरण व्यवस्थापन


एबीसी न्यूज
२९ श्रावण २०७६, बुधबार   १२ : ५८   बजे

काठमाडौं, २९ साउन  । नेत्रज्योति सङ्घ शाखा उदयपुरको लागि आगामी दिनमा जलविन्दु र मोतियाविन्दुसहितको शल्यक्रिया उपचार सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि नेपाल सरकार स्वास्थ्य विभागले रु एक करोड बजेट व्यवस्थापन गरेसँगै आधुुनिक मेसिन तथा उपकरणको व्यवस्थापन भएको छ ।

सरकारले आधुनिक मेसिन तथा उपकरण खरीद गर्न व्यवस्थापन गरेको रु एक करोडको बजेटले जापानबाट सङ्घका लागि १६ प्रकारका आधुनिक मेसिन तथा उपकरण खरीद गरेर ल्याइएपछि अब नेत्रज्योति सङ्घ उदयपुर प्राविधिकरूपमा सक्षम भएको सङ्घका अध्यक्ष भागवत राउतले बताउनुभयो ।

खरीद गरिएका नयाँ उपकरण तथा मेसिनमा अपरेश माइक्रोपकप्स, फेको मेसिन, स्क्यान मेसिन, डेहुमिडिफाइर, आँखा शल्यक्रिया बत्तीसहितका उपकरण, ट्र«««ायल लेन्स र फ्रेम, रेटिनोस्कप, आधुनिक टर्चलाइट, नाइन्टी डि, लेन्ससहितका उपरकण रहेका छन् । अन्यमा भेजिन ड्रम, अटो¥याफिक मिटर, लेन्ससोमिटरसहितका आधुनिक उपकरण व्यवस्थापन भएको छ ।

विसं २०६७ बाट सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानको सहयोगमा प्राथमिक आँखा उपचार केन्द्रका लागि स्थापना गरेर सञ्चालन हुँदै आएको नेत्रज्योति सङ्घ उदयपुरले आगामी मङ्सिरदेखि आँखाको शल्यक्रिया मोतियाविन्दु तथा जलविन्दुसहितको उपचार शुरु गर्ने लक्ष्यका साथ विभिन्न आधुनिक उपकरण व्यवस्थापन गरेको सङ्घका सदस्य ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।

नेत्रज्योति सङ्घलाई आधुनिक ढङ्गबाट व्यवस्थापन गरेर सङ्घको उपचार सेवाको क्षमतामा स्तरोन्नति गर्दै प्राथमिक उपचार सेवाबाट ‘सेकेन्डरी’ सेवा सञ्चालन गर्नका लागि अहिले २० कोठासहितको तीनतले नयाँ भवन निर्माणकार्यसमेत सम्पन्न हुनलागेको सङ्घ व्यवस्थापन समितिका सदस्य सिर्जना दनुवार बताउनुभयो ।

त्रियुगा नगरपालिकाले उपलब्ध गराएको गाईघाट बोक्सेको एक बिघा जग्गामा जापानी राजदूतावासको रु ९० लाख आर्थिक सहयोग तथा उदयपुरबाट पूर्वभौतिक निर्माण राज्यमन्त्री मञ्जुकुमारी चौधरीको रु ४० लाख आर्थिक सहयोग र अन्य दाताको आर्थिक सहयोग गरेर कूल रु एक करोड ८१ लाखमा नयाँ भवनसमेत निर्माणकार्य सम्पन्न हुने अवस्थामा पुगेको हो ।

सङ्घमा वार्षिक १७ हजारसम्म सेवाग्राहीले आँखा उपचार सेवा लिँदै आएको सङ्घका प्रमुख प्राविधिक चिकित्सक डुल्लीराज तिम्सिनाले बताउनुभयो । हालसम्म यस सङ्घले आँखाका जाँच, सामान्य शल्यक्रिया, रेटिना भेजिना सफा गर्ने र जलविन्दु, मोतियाविन्दु हुनुअघिका सम्पूर्ण उपचार प्रदान गर्ने र चश्मा निर्धारण तथा व्यवस्थापनजस्ता सेवा प्रदान गर्दै आएको सङ्घका प्राविधिक प्रमुख तिम्सिना बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group