ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रमुख जिल्ला अधिकारी र प्रशासकिय अधिकृत बिच कार्य समझौता


एबीसी न्यूज
२९ श्रावण २०७६, बुधबार   ७ : ०७   बजे

धनुषा २९ साउन । जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल र सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रशासकिय अधिकृत बिचमा कार्य सम्झौता भएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल र गृहमन्त्रालयका सचिव बिच भएको कार्य सम्पादन सम्झौता अन्र्तगत धनुषाका प्रमुख जिल्ला अधिकारीले आफ्नो मातहतका कर्मचारी बिचमा कार्य सम्पादन सम्झौता गर्नु भएको छ । प्रमुख जिल्ला अधिकारीले सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल र प्रशासकिय अधिकृत दिपक कर्ण,लेखनाथ खतिवडा र गणेशचन्द्र मिश्र बिचमा सम्झौता भएको छ । प्रमुख जिल्ला अधिकारी कणलेले चालु आर्थिक वर्षमा जनतालाई सेवाप्रवाहको विषयमा विभिन्न ७ बुँदे सम्झौता भएको जानकारी दिनुभयो ।

कर्मचारीहरु बढुवा समेत यसको आधार हुने जानकारी दिनुभयो । उहाले विभिन्न सात बुँदे सहमति भएको बताउनुभयो । यसले कार्य सम्पादनमा सक्रियता आउने विश्वास व्यक्ति गर्नुभयो । जिल्ला प्रशासन कार्यालय धनुषाले गत आर्थिक वर्षमा वंशजको आधारमा नागरिकता १६ हजार ४ सय ८, वैवाहिक अंगिकृत ७ सय ७९,प्रतिलिपि नागरिकता ९ हजार ४ सय ३३, राहदानी ७ हजार ५ सय ३२, संस्था दर्ता १ सय ३६, संस्था नविकरण ४ सय २५ तथा पत्रपत्रिका दर्ता ३ वटा भएको छ । त्यसैगरि जिल्ला शासन कार्यालय धनुषामा मुद्दाको संख्या २ हजार ६सय १४ रहेको छ । मुद्दाको फैसला २सय ९२ ,ठाडो उजुरीको संख्या १ हजार १६, अभद्र व्यवहार १ सय ७५,सार्वजनिक शान्ति विरुद्ध ६५,केही सार्वजनिक अपराध ७४ र बजार अनुगमन १४ भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group