ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मल्लकालीन लाय्कू भैल, आजदेखि शुरु हुँदै


एबीसी न्यूज
३२ श्रावण २०७६, शनिबार   १२ : २८   बजे

 

काठमाडौँ, ३२ साउन । मध्यपुरको लोपोन्मुख मल्लकालीन लाय्कू भैलः यो आज साँझबाट शुरु हुने भएको छ । गाईजात्राको भोलिपल्ट अर्थात् आजदेखि शुरु हुने नाचको आवश्यक तयारी पूरा भएको लाय्कू भैलः नाच व्यवस्थापन समितिले जानकारी दिएको छ ।

पैतालीस वर्ष बन्द भएर रोकिएको लाय्कू भैलःको नाच विगत तीन वर्षयता यहाँका युवाले पुनः सञ्चालनमा ल्याएपछि भने हरेक वर्ष नियमितरुपमा सञ्चालन भइरहेको छ । लाय्कू अर्थात दरबार र भैलः अर्थात भैरव नाच मल्लकालदेखि देवीदेवताको मुखाकृति रहेको मुकुण्डो लगाएर नाच्ने गरिन्छ । नाचको तयारीका लागि एकसाता अघिदेखि थिमिको ऐतिहासिक लाय्कू दरबारमा प्रशिक्षण दिइरहेका नाचका गुरु अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

मध्यपुरथिमिको लायकू दरबारबाट निस्किएर यो नाच बालकुमारी मन्दिर प्राङ्गणलगायत विभिन्न टोलमा चार दिनसम्म प्रत्येक साँझदेखि राती अबेरसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । तान्त्रिक विधिअनुसार नचाइने भैलः नाच नेपाल संवत् तिथिअनुरुप गुंलागा द्धितीयादेखि पञ्चमीसम्म चारदिन नचाइन्छ । नाच व्यवस्थापन समितिका संयोजक तथा बाजा गुरु श्रेष्ठले आजदेखि भदौ ३ गतेसम्म नाच सञ्चालन हुने जानकारी दिनुभयो ।

भैलः दुई, दाःगिं दुई र ज्यापूँग एक गरी पाँच देवगण सहभागी हुने नाचको लागि यो वर्ष ज्यापुगः सोहन श्रेष्ठ, न्हापा भैलः विनोद श्रेष्ठ, लिपा भैलः सजन श्रेष्ठ, न्हापा दागिं सज्जन श्रेष्ठ तथा लिपा दागिंको रुपमा सोनिश श्रेष्ठले नाच नाच्ने भएका छन् । भैरवले खड्ग, कुमारीले डमरु र ज्यापुँगःले कपासको बियाँ, अक्षता र चामल भुटेर तयार गरिएको ताय् भएको भाँडो, हातमा लिएर बाजाको तालमा हाउभाउ प्रस्तुत गर्दै नाच्ने गरिन्छ ।

नाचका क्रममा भैलः र दागिंले क्रोधित मुद्रा प्रस्तुत गरेपछि ज्यापुँगःले हानेर शान्त बनाइन्छ । नाचका लागि बाजा बजाउने टोलीमा १२ जनाले दागः, आठ जनाले भुस्याः, आठै जनाले पोङ्गा र चार जनाले म्वायेली बजाइन्छ । तत्कालीन अवस्थामा भूतप्रेत, पिसाचसँगको किंवदन्ती जोडेको भैलः नाच सञ्चालनका लागि हरेक वर्ष करीब रु १० लाख खर्च हुँदै आएको छ । व्यवस्थापन समितिले स्थानीय स्रोतबाट आर्थिक व्यवभार धान्दै आएको छ ।

ऐतिहासिक र धार्मिक महत्व बोकेको नाचलाई दिगो बनाएर सम्बद्र्धन गर्न व्यवस्थापन समितिले अक्षयकोषको व्यवस्था गरेको छ । अक्षयकोषमा रु १३ लाख जम्मा भइसकेको सह संयोजक निरञ्जन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group