ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपाङ्गता भएका व्यक्तिको शिक्षा निःशुल्क गर्नुपर्ने माग


एबीसी न्यूज
३२ श्रावण २०७६, शनिबार   ३ : २५   बजे

काठमाडौँ, ३२ साउन । अपाङ्गता अधिकारकर्मीले अपाङ्गता भएका व्यक्तिलाई राज्यले शिक्षा निःशुल्क गरी व्यावहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।

युथ एड्भोकेशी नेपालयान र सोच नेपाललगायतका सङ्घ/संस्थाद्वारा आयोजित दोस्रो युवा अधिकार मेघा मिट – २०७६ अन्तर्गत ‘समावेशी शिक्षाको अवसर र चुनौती’ विषयक आजको अन्तरक्रियामा अपाङ्गा अधिकारकर्मीले शारीरिक अपाङ्गता भएका व्यक्ति, दृष्टिविहीन, सुन्नमा समस्या भएका व्यक्ति तथा सबै प्रकृतिका अपाङ्गता भएका व्यक्तिको शिक्षामा राज्यले लगानी गर्नुपर्ने माग गरेका हुन ।

नेपालको पछिल्लो जनगणनाअनुसार अपाङ्गता भएका व्यक्तिको हिस्सा कूल जनसङ्ख्याको एक दशमलव ९४ प्रतिशत अर्थात पाँच लाख १३ हजार ३२१ रहेको छ । यसमा शारीरिक अपाङ्गता भएका व्यक्ति ३६ दशमलव छ प्रतिशत, दृष्टिविहीन १६ दशमलव पाँच प्रतिशत र सुन्नमा समस्या भएका १५ दशमलव चार प्रतिशत रहेका छन् ।

त्यसैगरी, बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति ११ दशमलव पाँच, श्रवण दृष्टिविहीनसम्बन्धी एक दशमलव आठ, मानसिक अपाङ्गता छ, बौद्धिक अपाङ्गता दुई दशमलव नौ र बहुअपाङ्ता भएका सात दशमलव पाँच प्रतिशत छन् । सांसद प्रकाश पन्तले सरकारी भवन, विद्यालय, विश्वविद्यालय, अस्पताल, स्वास्थ्य संस्था, धार्मिकस्थल, कार्यस्थल, सार्वजनिक सडक, सडक पेटी, यात्रु प्रतीक्षालय र पार्किङस्थल ‘पहुँचयुक्त अपाङ्गतामैत्री हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय अपाङ्ग युवा सञ्जालका अध्यक्ष महेन्द्र थापाले राज्यले कम्तीमा अपाङ्गता भएका व्यक्तिको शिक्षा निःशुल्क गर्दै व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो । यानका अध्यक्ष नरेन खतिवडाले अपाङ्गता भएका व्यक्तिको शिक्षामा आवश्यक पर्ने सामग्रीका लागि राज्यले नै व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu