ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक हप्तामा पुल मर्मत गरिसक्न मन्त्री महासेठको निर्देशन


एबीसी न्यूज
३२ श्रावण २०७६, शनिबार   ५ : ५२   बजे

काठमाडौँ, ३२ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज पूर्वपश्चिम राजमार्गअन्तर्गतको नवलपरासीमा भाँचिएको अरुणखोला पुलको निरीक्षण गर्नुभएको छ । मध्यविन्दु नगरपालिकामा रहेको भाँचिएको अरुणखोला पुलको निरीक्षण गर्दै पुललाई मर्मत गरी एक हप्ताभित्रमा सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको हो । उहाँले जतिसक्दो चाँडो पुल मर्मत गरी पुलबाट यातायात सञ्चालन गर्ने प्रबन्ध मिलाउन सडक डिभिजन कार्यालयका कर्मचारीलाई निर्देशन दिनुभयो ।

उहाँले पुल मर्मत चलिरहँदा यातायात सञ्चालनका लागि निर्माण गरिएको ‘डाइभर्सन’ लाई समेत व्यवस्थित बनाउन निर्देशन दिनुभयो । निर्माण गरिएको ‘डाइभर्सन’बाट यातायात सञ्चालनमा कठिनाइ हँुदा यात्रुहरुले सास्ती खेप्नुपरेको छ । अहिले सवारी ‘डाइभर्सन’बाट सञ्चालन भइरहेका छन् । पानी पर्दा बाटो चिप्लो भई यातायात प्रभावित भएको थियो । जसले गर्दा यात्रुहरु घण्टौँ जाममा बस्नुपर्ने अवस्था रहेको थियो ।

आज बिहानबाट यस क्षेत्रमा यातायातको चाप कम भएको छ । अहिले सवारी १५ देखि २० मिनेटमा पुल भाँचिएको क्षेत्र छिचोल्ने गरेका छन् । बुधबार अरुणखोला पुलमा ट्रक ठोक्किँदा पुलमा क्षति पुगी यातायात सञ्चालन प्रभावित बनेको थियो । भाँचिएको पुलको आजदेखि मर्मत शुरु गरिएको छ । राजमार्गमा धेरैजसो स्थानमा ठूला–ठूला खाल्डो परेका छन् । खाल्डोका कारण कुनै पनि बेला मानवीय तथा भौतिक क्षति हुनसक्ने भन्दै राजमार्ग विस्तारको जिम्मा पाएको ‘चाइनिज कम्पनी’लाई मर्मतका लागि उहाँले निर्देशन दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group