ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताको अपेक्षाअनुरुप विकास निर्माणले फड्को मार्छ– मन्त्री आङ्बो


एबीसी न्यूज
३२ श्रावण २०७६, शनिबार   ६ : २४   बजे

 


काठमाडौँ, ३२ साउन ।प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री तथा नेकपाका नेता इन्द्रबहादुर आङ्बो मौसमले अब जनताको अपेक्षाअनुरुप विकास निर्माणले फड्को मार्ने बताउनुभएको छ ।

पाँचथरको सदरमुकाम फिदिममा आज नेकपा पाटी पाँचथरले गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले पहिलो वर्ष संविधान कार्यान्वयन, समृद्धि र विकासको निम्ति आधार वर्षको रुपमा व्यतीत भएको र दोस्रो वर्ष जनताको अपेक्षाअनुरुप विकास निर्माणको कामलाई अघि बढाउने बताउनुभयो ।
प्रदेश नम्बर १ मा ठूलाठूला आयोजना पनि सञ्चालन हुन लागेको र ती योजनालाई पनि समयमै सम्पन्न गर्ने गरी प्रदेश सरकार लागि परेको उहाँले उल्लेख गर्नुभयो । उहाँले पाँचथरमा अबको दुई वर्षभित्र सबै गाउँगाउँमा विद्युतीकरण गरेर जिल्लालाई उज्यालो जिल्ला बनाउने बताउनुभयो ।

यस्तै उहाँले जिल्लाको फालेलुङ गाउँपालिकामा केही वर्ष अघि पहिरोबाट विस्थापित भएका परिवारलाई एकीकृत बस्ती निर्माण गरेको र अब यस वर्ष याङ्वरक गाउँपालिकाका पहिरोपीडितलाई पनि उनीहरुले भनेकै स्थानमा गएर एकीकृत बस्ती विकास प्रदेश सरकारले गरी दिने बताउनुभयो । यस्तै सोही कार्यक्रममा राप्रपाका नेता सुरेश शाहलगायत आधा दर्जन व्यक्ति नेकपा पाटीमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group