ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्वासप्रश्वास उपचार केन्द्र निर्माण छिट्टै– उपप्रधानमन्त्री यादव


एबीसी न्यूज
३२ श्रावण २०७६, शनिबार   ८ : २२   बजे

काठमाडौँ, ३२ साउन । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको निर्माण कार्य छिट्टै शुरु गरिने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित उपचार केन्द्रको आज निरीक्षण गर्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले उपचार केन्द्रलाई अन्तरराष्ट्रियस्तरको बनाइने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना भएको उपचार केन्द्रको निर्माणमा ढिलाइ भएको भन्दै मन्त्री यादवले यसलाई गम्भीररुपमा लिएर निर्माण कार्य अगाडि बढाउन सरकार दृढ रहेको प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “उपचार केन्द्रलाई अन्तरराष्ट्रियस्तरको बनाउनका लागि सहयोगी दाताको खोजी भइरहेको छ । सहयोगका लागि दातासँग कुरा पनि भएको छ । भारत सरकारले यसमा चासो देखाइरहेको छ ।”

उपप्रधानमन्त्री यादवले भौगोलिकलगायत सबै हिसाबले उपचार केन्द्र निर्माण उपयुक्त ठाउँमा रहेको बताउनुभयो । सरकारले यस वर्ष उपचार केन्द्रको पूर्वाधार विकासको काम गर्नका लागि बजेटको व्यवस्था गरेको सो अवसरमा उहाँले जानकारी दिनुभयो ।

केन्द्रका सञ्चालक समितिका सदस्य राम भण्डारीले उपचार केन्द्रका समस्याका बारेमा मन्त्री यादवलाई जानकारी गराउनुभएको थियो । बेलचौतारामा करीब ७०० रोपनी जग्गामा निर्माण हुने केन्द्रको गुरुयोजनाको काम यसै वर्ष शुरु हुने भण्डारीले बताउनुभयो ।

स्थानीय बुद्धिजीवी प्रा डा बुद्धिबहादुर थापाले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र निर्माणमा ढिलाइ नगर्न मन्त्री यादवको ध्यानाकर्षण गराउनुभयो । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्मानमा विसं २०६७ मा उपचार केन्द्र स्थापना गर्ने निर्णय भएको थियो । स्थानीयस्तरबाट सञ्चालित सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व गत वर्षको साउनदेखि गिरिजाप्रसाद कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हस्तान्तरण गरिएपछि सोही अस्पतालको भवनबाट उपचार केन्द्रको प्रशासनिक काम र स्वास्थ्य उपचारको सेवा सञ्चालन भइरहेको छ ।

अस्पतालमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् । पचास श्ययाको अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्यास्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् । त्यसबाहेक सो उपचार केन्द्रमा सुत्केरी गराउनेको सङ्ख्या पनि उल्लेख्य रहेको उपचार केन्द्रका निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu