ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–भारत संयुक्त उच्च स्तरिय बैठक सुरु, विगतमा भएका सहमति र सम्बन्धका विषयमा छलफल हुने (भिडियोसहित)


एबीसी न्यूज
४ भदौ २०७६, बुधबार   १० : ५९   बजे

काठमाडौं, ४ भदौ । काठमाडौमा बुधवार र विहीवार नेपाल–भारत संयुक्त उच्चस्तिरिय आयोगको पाचँै बैठक बस्दै छ । तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै राजनीतिक, सुरक्षा र सीमा, व्यापार व्यापार–पारवहन, ऊर्जा–जलस्रोत लगायकका बिषयमा समधानको लागि उपयुक्त प्लेटपर्मको रुपमा हेरिएको छ । बैठकमा विगतमा भएका सहमति र सम्झौताको समीक्षा, नेपाल–भारत बहुआयमिक सम्बन्धका विषयमा बैठक केन्द्रित हुने बताईएको छ ।

नेपाल–भारत संयुक्त उच्च स्तरिय आयोगको पाचौं बैठक काठमाडौमा बुधबारबाट सुरु हुदै छ । दुई दिन सम्म चल्ने बैठकमा भारतका विदेशमन्त्री एस जयशंकर सहितको प्रनिधिनीमण्डलको सहभागित रहने छ । सन् १९८७ मा आयोग गठन भएको नेपाल–भारत संयुक्त उच्च स्तरिय आयोग ३१ वर्ष बितिसक्दा समेत खासै उपलब्धी मुलक बन्न नसकेको अवस्थामा आयोगलाई सक्रिय बनाउने बिषयमा छलफल केन्द्रित रहने छ ।

भारत र नेपालमा स्थिर सरकार रहेको अवस्थामा दुई देशबिचमा रहेको समस्यालाई समाधानको लागि बैठक उपलब्धी मुलक हुने अपेक्षा गरिएको छ । बैठकमा राजनीतिक, सुरक्षा र सीमा, व्यापार व्यापार–पारवहन, ऊर्जा–जलस्रोत लगायतका बिषयमा समधानको लागि उपयुक्त आधारकारुपमा बैठकलाई हेरिएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाकार डाक्टर राजन भट्टराईले बताए ।

बैठकमा नेपाल र भारतका आयोगका प्रतिनिधी मण्डलले दुई देशका साझा एजेन्डालाई आधारमा बनाएर बृहत छलफल गर्ने छन । विशेषगरी दुई देश बिच नया“ ढंगले सम्बध बिस्तारगरी गर्ने उदेश्य लिईको छ । बैठकमा नेपालले भारतसंंग डुबान समस्या, हुलाकी राजमार्ग, हाइड्रो पावर निमार्ण बिगतमा भएको नेपाल र भारतबीचका सम्झौताहरु छलफलको बिषय बनाईनु आवश्यक रहेको पुर्व राजदुत दुर्गशमान सिंह बताउछन ।

बिगत लामो समय देखि खासै चासो दिन नसकिएको नेपाल–भारत संयुक्त उच्च स्तरिय आयोगको बैठक अहिले बस्नुलाई दुई देशका सरकारले बिगतको मनमुटावलाई बिर्सिर नया“ ढंगबाट अगाडी बढ्ने कुटनितिक प्रयासको रुपमा हेरिएको छ । नागरिक अगुवा डाक्टर सुन्दरमणि दिक्षितले बुधबारबाट हुन लागेको बैठकमा भारतसंंग भिख मँग्ने होइन नेपाल र भारतकोे हितका बिषयका साथै आम नागरिकको चासोको बिषय सरकारले उठाउनु पर्ने बताउछन ।

बैठकमा प्रबुद्ध समूहले तयार गरेको प्रतिवेदन बुझ्न र कार्यान्वयन तहमा अघि बढ्नसमेत दुई देशका परराष्ट्रमन्त्री बिच छलफल हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालउले जनाएको छ प्रबुद्ध समूहले एक वर्षअघि तयार गरेको प्रतिवेदन भारत सरकारले चासो नदिदा ओझेलमा परेको हुला दुई दिन सम्म चल्ने बैंठकले प्रतिवेदनलाई कार्यान्ययन गर्नका लागि थप सहयोग पुग्ने अपेक्षा गरिको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group