ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरहाका दुई स्थानीय तह अझै बजेट ल्याउन असफल


एबीसी न्यूज
५ भदौ २०७६, बिहिबार   ३ : ०६   बजे
bajet

bajet

काठमाडौं, ५  भदौ  । चालू आर्थिक वर्षअनुसार काम शुरु भएको एक महिना बितिसक्दा पनि सिरहाका दुई स्थानीय तहले अझैसम्म वार्षिक बजेट सार्वजनिक गरेका छैनन् ।अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार स्थानीय तहले १० असारभित्रै अनिवार्यरुपमा बजेट ल्याउनुपर्ने व्यस्था भए पनि तोकिएको अवधिभन्दा दुई महीना नाघ्दासमेत सिरहाको औरही गाउँपालिका र कल्याणपुर नगरपालिका बजेट सार्वजनिक गर्न असफल भएका हुन् ।

गत असार र साउनमा भएको वर्षा र त्यससँगै आएको बाढीका कारण आफ्नो नगरपालिका क्षेत्र डुवानमा पर्दा राहत तथा उद्धारमै जुट्नुपरेकाले निर्धारित समयमा बजेट सार्वजनिक गर्न नसकिएको कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलले जानकारी दिनुभयो ।ढिलैभए पनि गत साउनको २५ गते नगरसभाबाट आर्थिक वर्ष ०७६/०७७ को बजेट पारित गरिए पनि नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नआउँदा मन्त्रालयमा बजेटबारे जानकारी गराउन नसकिएको उहाँको भनाइ थियो ।

यस्तै आन्तरिक विवादका कारण हालसम्म गाउँसभाबाट बजेट सार्वजनिक गर्न नसकिएको औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले जानकारी दिनुभयो । वडाध्यक्षहरू तथा उपाध्यक्षले विभिन्न विषयमा विवाद गर्दै आएकाले समयमै बजेट ल्याउन नसकिएको स्वीकार्दै बजेट ल्याउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

कानूनअनुसार सम्बन्धित गाउँ र नगरसभामा बजेट पेश भई स्वीकृत नभएसम्म स्थानीय तहले बजेट खर्च गर्न नपाउने भए पनि ती स्थानीय तहले अझै बजेट सार्वजनिक नगर्दा विकास निर्माण तथा ठूला कार्यक्रममा रकम खर्च गर्न नसकिरहेको कर्मचारी बताउँछन् ।बजेट ल्याउन असफल स्थानीय सरकारले तलबभत्ताका लागि पेस्की बजेट खर्च गर्नसक्ने भए पनि विकास निर्माण तथा ठूला कार्यक्रममा रकम खर्च गर्न नपाउने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group