ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभामा गृहमन्त्रीको ध्यानाकर्षण


एबीसी न्यूज
६ भदौ २०७६, शुक्रबार   १ : ३८   बजे

काठमाडौं,६ भदौ  । राष्ट्रियसभाको बैठकमा सांसद भैरवसुन्दर श्रेष्ठले कोरियन भाषा पढ्न आएका विद्यार्थी बसेको भ्याली इन्टिच्युटमा मृत्यु भएका बारेमा प्रहरीले छानबिन नगरेकोप्रति गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको विशेष समयमा सांसद श्रेष्ठले भन्नुभयो, “सुर्खेत जिल्लाको हरिसुन्दर जैसीका छोरा बालकृष्ण जैसीको मृत्युपछि प्रहरीमा किटानी जाहेरी दिँदा पनि प्रहरीले छानबिन गरेको छैन, म यस कुरामा गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।” सांसद श्रेष्ठका अनुसार जैसी कोरियन भाषा सिक्न बसेको भ्याली इन्टिच्युट कीर्तिपुरका सञ्चालकका छोरा हराएपछि जैसीलाई दोष लगाइएको थियो ।

प्रहरीले पक्राउ गरेर २४ घण्टा अुनसन्धान गर्दा आरोप लगाउने कुनै पनि आधार नभएको जनाएको थियो । विद्यार्थी जैसी निर्दोष छन् भनेर प्रहरीले छाडेको थियो । अनुसन्धानपछि प्रहरीले जैसीलाई गत साउन २७ गते छाडेको थियो । प्रहरीले छाडेको तीन दिनभित्र जैसीको एकाएक मृत्यु भएको थियो । परिवारले आरोपितको नाम राखेर प्रहरीमा किटानी जाहेरी दिँदा पनि छानविन गरेको छैन । सांसद श्रेष्ठले भन्नुभयो, “किटानी जाहेरी परेका व्यक्तिका बारेमा किन छानबिन हुन सकेन रु म त्यो कुरामा गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहान्छु ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group