ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार पुडासैनीका विषयमा ध्यानाकर्षण


एबीसी न्यूज
६ भदौ २०७६, शुक्रबार   ६ : १९   बजे

काठमाडौं,६ भदौ । भरतपुर महानगरपालिकाले पत्रकार शालिकराम पुडासैनीको मृत्युका सम्बन्धमा भइरहेको उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महानगरपालिकाले विज्ञप्ति जारी गरी प्रमुखप्रति कपोलकल्पित, मनगढन्ते, अनर्गल तथा भ्रामक विचार सम्प्रेषण गर्ने, अपशब्द प्रयोग एवं गालीगलौज गरी व्यक्तिको वैयक्तिक स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुःखद भएको जनाएको छ । कुनै पनि व्यक्तिको अस्वाभाविक मृत्यु हुनु दुःखद विषय भएको उल्लेख गर्दै विज्ञप्तिमा अस्वाभाविक मृत्युको कारणका लागि निष्पक्ष छानबिन गर्नु राज्य र सरकारको दायित्व भएको जनाइएको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि मुद्दामा अनुसन्धान गर्ने जिम्मा प्रहरीको, अभियोजन गर्ने दायित्व सरकारी वकिलको कार्यालयको र न्याय निरुपण गर्ने दायित्व सम्मानित अदालतको भएको हुँदा यस सम्वन्धमा निष्पक्ष, सत्यतथ्य छानबिन गरी ‘दोषी नछुटून् र निर्दोष नपरून्’ भन्ने मान्यताका आधारमा शीघ्र न्यायिक निरुपणका लागि महानगरपालिका सम्बन्धित पक्षसँग आग्रह गर्दछ ।’

उक्त घटनाको अनुसन्धानका क्रममा रहेका व्यक्तिका विषयलाई लिएर कतिपय व्यक्तिबाट सडक एवं सामाजिक सञ्जालको दुरुपयोग गरी घटनासँग कुनै सरोकार नै नभएका राज्यका उच्चपदस्थ नेतृत्व र व्यक्ति एवं संस्थालाई जोडेर अनावश्यक टीकाटिप्पणी तथा घटनालाई विषयान्तर नगर्न महानगरपालिकाले विज्ञप्तिमार्फत सबैसँग अनुरोध गरेको छ । सडक एवं सामाजिक सञ्जालमा हाल देखापरेका अस्वाभाविक, प्रायोजित तथा अनर्गल प्रचारको भ्रममा नपर्न आम नागरिकमा अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu