ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छिटो सेवाप्रवाह दिन अध्यक्ष तिमिल्सिनाको आग्रह


एबीसी न्यूज
१० भदौ २०७६, मंगलबार   १२ : ४७   बजे

काठमाडौं, १० भदौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकलाई झण्झटमुक्त सेवाप्रवाह गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिकाले आज परासीमा गरेको स्वागत कार्यक्रममा सो कुरामा जोड दिँदै उहाँले भन्नुभयो, “नागरिकलाई यो पुगेन, त्यो पुगेन भनेर अल्झाउने होइन, जसरी हुन्छ छिटो सेवा दिने हो, गणतन्त्रमा पनि प्रशासनिक वा राजनीतिक रुपले झण्झटमा पार्ने काम जनप्रतिनिधिबाट हुनुहुँदैन, यस्तो गतिविधिले देश बन्न सक्दैन ।”

भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको विकासमा नेपाल सरकारबाट नियमित बजेट विनियोजन हुने व्यवस्था मिलाइएको जानकारी दिँदै अध्यक्ष तिमिल्सिनाले लुम्बिनी विकास कोषमा आउने बजेट पनि रामग्राममा ल्याउन स्थानीय जनप्रतिनिधिले पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँकै पहलमा नेपाल सरकारबाट रामग्राम स्तुपको विकासका लागि गत आव र चालू आवमा समेत गरी रु एक करोड बजेट विनियोजन भएको थियो । “रामग्रामलाई गन्तव्यको सूचीभित्र पार्न पनि मैले पहल गरेँ, सफल पनि भइयो, अब स्तुपको विकासका लागि सबैभन्दा पहिला जग्गा अधिग्रहणलाई जोड दिनुपर्छ ।

राष्ट्रियसभा सदस्य रामलखन हरिजनले रामग्राम स्तुप र समग्र नवलपरासीको विकासमा आफूले राष्ट्रियसभामा आवाज उठाउँदै आएको र सरकारले पनि सुनुवाइ गरिरहेको जानकारी दिनुभयो । प्रदेशसभा सदस्य वैजनाथ जयसवालले रामग्राम स्तुप र पण्डितपुरको विकासमा लुम्बिनी विकास कोषले यथोचित ध्यान नदिएको गुनासो गर्नुभयो । रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले लुम्बिनी विकास कोषको अधिनमा रहेकाले स्तुप क्षेत्रमा ठोस योजना ल्याउन नपाएको उल्लेख गर्नुभयो । नगर उपप्रमुख रम्भा कुँवरले स्तुप क्षेत्रमा भौतिक पूर्वाधारको व्यवस्था हुनुपर्ने आवश्यकता औल्याउनुभयो । ९तस्वीर उपलब्ध छ०

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group