ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिँचाइ मुआब्जाका लागि स्थानीय तह अग्रसर


एबीसी न्यूज
१० भदौ २०७६, मंगलबार   १२ : ५४   बजे

काठमाडौं, १० भदौ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्र्तगत कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम दिलाउन स्थानीय तह अग्रसर भएका छन् । महाकाली सिँचाइ तेस्रो चरणअन्र्तगत यहाँको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा गरी १५ किलोमिटर मुलनहर निर्माण भइरहेको छ ।

“मुलनहर निर्माणका क्रममा यहाँ वर्षौदेखि भोगचलन गर्दै आएका विपन्न परिवारलाई पूर्जा भएको जग्गा सरहको मुआब्जा दिन पहल गर्दैछौँ ।” बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले भन्नुभयो, “त्यसका लागि काठमाडौँमा मन्त्रालय तथा विभाग धाउने काम हँुदैछ ।” जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हुने वितरण समितिबाट मुआब्जा वितरण हुनेभएकाले केन्द्रमा सोबारे गृहमन्त्री रामबहादुर थापा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसित छलफल गरेको नगरप्रमुख चन्दले बताउनुभयो । मुआब्जा रकम बढाउनका लागि नगरप्रमुख चन्दसहितको एक टोली काठमाडौँ पुगेको छ ।

“ऐलानीलाई मुआब्जा दिने, रकम बढाउने विषय मन्त्रीपरिषद्बाट निर्णय हुनुपर्छ”, चन्दले भन्नुभयो, “सिँचाइ मन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव लिएर जाने भन्नुभएको छ ।” उहाँले मुलनगर निर्माण हुने बेदकोट नगरपालिका– १, २,३, ४, ५ र ६ वडामा झण्डै अढाई दशकदेखि विपन्न, दलित र मुक्तकमैया बस्तीका स्थानीयले भोग चलन गर्दै आएको बताउनुभयो । “सबै बस्तीमा सडक, स्वास्थ्य, शिक्षा लगायतका विकास गइसकेको हुनाले मुआब्जा दिँदा पनि विभेद् हुनुहुँदैन”, चन्दले भन्नुभयो, “हामीले सरकारसित मुआब्जाबापत ऐलानीलाई दिने ६६ प्रतिशत रकम बढाएर शतप्रतिशत दिन माग गरेका छौँ ।”

महाकाली सिँचाइ तेस्रो चरणअन्र्तगत १५ किलोमिटर ठेक्का सम्झौता भएको डेढ वर्ष बिति सक्दा पनि नहर खन्ने काम भने शुरु भएको छैन । मुआब्जा समस्या समाधान नहुँदा निर्माण पक्षले ‘साइफन’, पुललगायतका अन्य संरचना निर्माण गरिरहेको छ । १५ किलोमिटर मुलनहरमा यहाँका ९९ परिवारलाई मुआब्जा रकम दिनुपरेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक लोकबहादुर थापाले बताउनुभयो ।

“हामीले ७५ परिवार जग्गा धनीपूर्जा भएकालाई मुआब्जा रकम वितरण गरिसक्यौँ”, उहाँले भन्नुभयो, “मुआब्जामा मात्रै गतवर्ष रु १६ करोड ४२ लाख रकम वितरण गरेका थियौँ ।” उहाँले ऐलानी जग्गा र त्यसमा बसोबास गर्दै आएका स्थानीयवासीको लगत सङ्कलन गरेर केन्द्रमा पठाउने जानकारी दिनुभयो । “अहिले ६ परिवार मुआब्जा पाउने प्रक्रियामा छन्”, थापाले भन्नुभयो, “यहाँ अन्दाजी ११।२ हेक्टर क्षेत्रफल ऐलानी जग्गा परेको देखिन्छ ।” उहाँले आयोजनाका लागि आउने रकम चालू आर्थिक वर्षमा रु ४० करोड मात्रै आएको जानकारी दिनुभयो । “गत आर्थिक वर्षमा रु ८० करोड आएको थियो”, थापाले भन्नुभयो, “यस वर्ष त आधाले रकम कम विनियोजन भएको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu