ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपा (संयुक्त)द्वारा निर्वाचन परिचालन समिति गठन


एबीसी न्यूज
११ भदौ २०७६, बुधबार   १ : ५३   बजे

काठमाडौं, ११ भदौ ।  राप्रपा संयुक्त ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी नेता धु्रवबहादुर प्रधानको संयोजकत्वमा नौ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । उक्त समितिले सङ्घीय, प्रदेश र स्थानीय तहका उपनिर्वाचनका लागि तयारी गर्नाका साथै विभिन्न क्षेत्रका वस्तुगत अवस्था अध्ययन गरेर रणनीतिक कार्ययोजना तयार गर्नेछ ।सो समितिमा ठाकुरप्रसाद शर्मा, श्याम तिमिल्सिना, भरतजङ्ग उप्रेती, बाबुराम बस्नेत, भरत पाठक, झलक प्याकुरेल र मीना शाहीलाई सदस्यको जिम्मेवारी दिइएको छ भने रामशरण पाठकलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।

यसैगरी पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठन ९संयुक्त० गठन गरिएको छ । केन्द्रीय कार्य सम्पादन समिति सदस्य ध्रुव रायमाझीको संयोजकत्वमा गठित १३ सदस्यीय समिति किसानको हक, हित, अधिकार, सेवा, सुविधा र सहुलियतमा केन्द्रीत रहनेछ । सङ्गठनको सदस्यमा इनु अधिकारी, तेज खरेल, बलबहादुर केसी, विष्णुप्रसाद पोखरेल, राजेश्वरराय यादव, राम आशिष पाण्डे, कृष्णविक्रम शाह, मातृका भुषाल, वसन्त अधिकारी, नवराज सिलवाल, नारायणबहादुर राउत, सुवास पण्डित हुनुहुन्छ ।

यसैबीच उक्त पार्टीले सघन रुपमा देशव्यापी प्रशिक्षण सञ्चालन शुरु गरेको छ । गत साउनमा काभ्रेको धुलिखेलमा सम्पन्न केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा सहभागी प्रशिक्षक अहिले जिल्लास्तरीय प्रशिक्षणमा खटिएका छन् । भाद्र महीना भित्र सबै जिल्लामा प्रशिक्षण गरिने योजनाका साथ प्रशिक्षण अभियान शुरु गरिएको पार्टीले जनाएको छ । प्रशिक्षण विभागका प्रमुख एवं पार्टी प्रवक्ता भुवन पाठकका अनुसार मुलुकको पछिल्लो राजतिनीक अवस्था , सङ्गठन निर्माण वर्ष २०७६ को कार्य योजना, सङ्गठन निर्माण र नेतृत्व विकास, सैद्धान्तिक पक्ष, सक्रिय सदस्यता वितरण अभियान, केन्द्रीय महाधिवेशनको तयारी, सूचना प्रविधिका विषयमा प्रशिक्षण दिइने छ । आगामी असोज महीनामा भने स्थानीय तहमा प्रशिक्षण दिइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group