ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिममा १४ दशमलव ४ प्रतिशत महिला शारीरिक हिंसामा


एबीसी न्यूज
११ भदौ २०७६, बुधबार   ३ : ४८   बजे

काठमाडौं, ११ भदौ । सुदूरपश्चिम प्रदेशमा कूल महिला जनसङ्ख्यामध्ये १४ दशमलव ४ प्रतिशत महिला शारीरिक हिंसामा पर्ने गरेका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘लैङ्गिक उत्तरदायी बजेट’ विषयक अन्तरक्रियामा प्रस्तुत गरिएको तथ्याङ्कमा निजी जीवनको मामिलामा निर्णय गर्दा ५० दशमलव ५ प्रतिशत महिलाले आफ्नो स्वास्थ्यको निर्णय एकल वा संयुक्तरुपमा गर्ने गरेको उल्लेख छ । शारीरिक हिंसामा पर्नेमध्ये ६ दशमलव १ प्रतिशत यौन हिंसामा पर्ने गरेको जनाइएको छ ।

यो प्रदेशमा कूल महिला जनसङ्ख्याको झण्डै ७० दशमलव १ प्रतिशत महिला औपचारिक वा अनौपचारिक रुपमा कुनै न कुनै प्रकारको रोजगारीमा लागेका छन् । रोजगारी गरिरहेका महिलामध्ये ७२ दशमलव ३ प्रतिशत महिलाको आम्दानी आफ्नो श्रीमान्भन्दा कम रहेको र ३३ दशमलव ७ प्रतिशत महिलाले बैंक खाताको प्रयोग गर्ने गरेको बताइएको छ ।

साक्षरता दर कमजोर रहेको सुदूरपश्चिम प्रदेशमा अशिक्षित महिला ४० दशमलव ९ प्रतिशत रहेका छन् । यीमध्ये ४ दशमलव ६ प्रतिशतले प्राथमिक शिक्षा पूरा गरेको, ८ दशमलव ४ प्रशिशतले मावि शिक्षा र ११ दशमलव ३ प्रतिशतले उच्च शिक्षा पूरा गरेको तथ्याङ्क छ ।

विसं २०६८ को जनगणनाअनुसार यो प्रदेशमा कूल २५ लाख ५२ हजार ५१७ जनसङ्ख्यामध्ये महिलाको सङ्ख्या १३ लाख ३४ हजार ६३० रहेको छ । महिला र विपन्नमाथि हुने विभेद् यो प्रदेशमा एक मुख्य सामाजिक समस्याका रुपमा रहेको छ ।

प्रदेश सरकारको चालू वर्षको बजेट नीति कार्यक्रममा महिला, विपन्न समुदाय, बालबालिका, जाति जनजातिलगायतलाई सैद्धान्तिक रुपमा यथोचित स्थान दिइएको भए पनि यस्ता कतिपय कार्यक्रममा कति बजेट विनियोजन गरिएको हो भन्ने यर्थाथ तथ्याङ्क उपलब्ध हुन नसकेको बताइएको छ ।  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका अध्ययन निर्देशक राजेन्द्र अधिकारीले पछिल्लो समयमा प्रतिष्ठानले प्रदेश र स्थानीय तहका सरकारको क्षमता विकासको क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

यसै क्रममा प्रदेशको नेतृत्व तहमा रहेका जनप्रतिनिधि र कर्मचारीलाई एकै ठाउँमा राखेर प्रदेशको लैङ्गिक समता, सामाजिक समावेशीकरण तथा लैङ्गिक बजेटलगायतका क्षेत्रको अवस्थाबारे छलफल गरी नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका योजनालाई कार्यान्वयन गर्नका लागि सहजीकरण गर्ने उद्देश्यले यो अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियामा सुदूरपश्चिम प्रदेशका सभामुख, उपसभामुख, मन्त्री, प्रदेशसभा सदस्य, कर्मचारीलगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group