ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहलाई सक्षम र शक्तिशाली बनाउँछौं– मुख्यमन्त्री पोख्रेल


एबीसी न्यूज
११ भदौ २०७६, बुधबार   ७ : ४३   बजे

काठमाडौं, ११ भदौ । प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले प्रदेश ५ अन्तर्गतका गाउँपालिका र नगरपालिकालार्ई सक्षम र शक्तिशाली निकायका रुपमा विकास गर्न खोजेको बताउनुभएको छ ।

जनतालाई सेवा र सुविधा प्रदान गर्नका लागि स्थानीय निकायलाई हरेक हिसाबले सक्षम र सवल बनाउने सरकारको नीति अन्तर्गत भविष्यमा सबै आधारभूत विषयलाई स्थानीय निकायबाटै सुनिश्चितता गर्ने प्रदेश सरकारको मुख्य कार्ययोजना रहेको उहाँले बताउनुभयो ।

गुल्मीको धुर्कोट गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, “पूर्वाधार विकासको काम प्रदेशले गर्ने, सुशासन कायम गर्ने र मुलुकको नेतृत्व गर्ने काम केन्द्रले गर्ने, यही ढाँचाबाट हामी अघि बढेमा विकासको छलाङ् मार्न सकिन्छ, त्यही हिसाबले प्रदेश सरकार अघि बढेको छ ।” प्रदेश नं– ५ ले अन्य प्रदेशको तुलनामा योजना, कानून र कार्यालयसमेत बनाइसकेको भन्दै यस आर्थिक वर्षको प्रथम चौमासिकदेखि बजेट खर्च गर्न शुरु गर्ने र जेठ मसान्तसम्म पूर्वाधारका काम सम्पन्न गर्ने लक्ष्य लिएको बताउनुुभयो ।

सातमध्ये सबै भन्दा धेरै पूँजीगत खर्च गर्ने प्रदेशका रुपमा ५ नं– लाई स्थापित गर्न सफल भएको भन्दै मुख्यमन्त्री पोख्रेलले त्यस हिसाबले पनि यस प्रदेशका जनता निराश हुनुपर्ने अवस्था नरहेको तर्क गर्नुभयो । उहाँले कृषिमार्फत रोजगारी सिर्जना गर्ने, तीन वर्षभित्र घरघरमा आधारभूत खानेपानी पु¥याउने, विद्युत्को पहुँच नपुगेको घरमा ९० प्रतिशत अनुदानमा सोलार उपलब्ध गराउने लगायतका प्रदेश सरकारको योजना रहेको बताउनुभयो ।

जिल्लाका १२ स्थानीय तहमध्य पहिलो पटक धुर्कोट गाउँपालिकाले रु एक करोड ३५ लाखाको लागतमा प्रशासनिक भवन निर्माण सम्पन्न गरेको हो । साढे दुई तलाको उक्त पक्की भवनमा १५ कोठा रहेको गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताउनुभयो । भवन निर्माणका लागि कृष्णप्रसाद घिमिरे, हरिप्रसाद घिमिरे, रामप्रसाद घिमिरे र गणेश घिमिरे चार दाजुभाइले आठ रोपनी जग्गा निःशुल्क रुपमा प्रदान गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकालाई निःशुल्क रुपमा जग्गा उपलब्ध गराउने जग्गादातालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group