ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘भिडियो कन्फ्रेन्सको विरोध गर्नु औचित्य छैन’


एबीसी न्यूज
१२ भदौ २०७६, बिहिबार   २ : ५५   बजे

 


काठमाडौं, १२ भदौ । राष्ट्रियसभाको बैठकको विशेष समयमा सांसद शेरबहादुर कुँवरले पछिल्लो सयम अछाममा प्राकृतिक विपद्अन्तर्गत चट्याङबाट चार जना मृत्यु, २८४ घाइते र १७ भन्दा चौपाया मृत्यु भएको तर्फ सदनको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले भन्नुभयो, “ चट्याङबाट विशेष गरी अछामको पञ्चदेवल विनायक नगरपालिका क्षेत्र बढी पीडित छ । तत्काल भूगर्भविद् पठाई के कारणले सो क्षेत्रमा चट्याङ प¥यो, जानकारी दिनुप¥यो । नियन्त्रणमा कार्ययोजना ल्याउनुप¥यो । जोगिन जनचेतनाका कार्यक्रम सञ्चालनसमेत गर्नुप¥यो ।”

सांसद राधेश्याम अधिकारीले सिङ्गापुरमा स्वास्थ्योपचार गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद्को बैठक सम्पन्न गर्नुभएकामा सरकारको गोपनीयता धरापमा परेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद्को बैठक गर्दा सरकारको गोपनीयता कसरी जोगियो रु”

सांसद वृषेशचन्द्र लालले संसदीय गतिविधिप्रति सरकारलाई उत्तरदायी बन्न आग्रह गर्दै भूमिसम्बन्धी ऐनमा भूमि व्यवस्था, सहकारी तथा गरीबी मन्त्रीले सदनमा गलत सूचना दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यशक्तिको बाँडफाँट संविधानअनुसार हुनुपर्छ ।”

सांसद नैनकला ओझाले सुकुम्वासी र भूमिहीनका समस्या समाधान गर्न तथा सरकारी अस्पतालमा बिग्रेका उपकरण मर्मतमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारी अस्पतालका उपकरण बिग्रेका कारण जनताले दुःख पाइरहेका छन् तर मन्त्रालयले ध्यान दिएको छैन ।”

सांसद अनिता देवकोटाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि बुधबार भएको साङ्घातिक हमलाको निन्दा गर्दै आक्रमणकारीमाथि किटानी जाहेरी दिँदा पनि प्रहरीले पक्राउ नगरेकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “प्रतिष्ठानको पूर्वाधारमा सरकारले ध्यान गएको छैन । रु दुई करोडले के बन्छ रु सरकारले आफ्नो गोपनीयतामा ध्यान दिनुप¥यो ।”

सांसद रामनारायण बिँडारीले सूचना प्रविधिबाट सरकारको गोपनीयता नजाने विचार राख्दै अत्याधुनिक सूचना प्रविधि प्रयोग गरी भिडियो कन्फ्रेन्सबाट प्रधानमन्त्री ओलीले सिङ्गापुरबाट मन्त्रिपरिषद् बैठक बस्नु स्वागतयोग्य कुरा हो भन्नुभयो । उहाँले भन्नुभयो, “ भिडियो कन्फ्रेन्सको विरोध गर्नु कुनै औचित्य छैन ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group