ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड


एबीसी न्यूज
१२ भदौ २०७६, बिहिबार   ७ : १६   बजे

काठमाडौं, १२ भदौ । यातायात व्यवस्था विभागअन्तर्गत ठूलो भ¥याङमा रहेको कार्यालयले अब सवारी चालक अनुमतिपत्रको सबै परीक्षा चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारस्थित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरबाट सञ्चालन गर्ने भएको छ ।

करीब ४० रोपनी क्षेत्रफलमा फैलिएको उक्त स्थलमा चार पाङ्ग्रे तथा हेभी सवारीसाधनको परीक्षा हुँदै आएकामा आजदेखि दुई पाङ्ग्रे सवारीसाधन मोटरसाइकल र स्कुटरको पनि परीक्षा शुरु गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले सवारी चालकसम्बन्धी तालीम लिन आउने नागरिकलाई अत्याधुनिक प्रविधिका साथै राम्रो प्रशिक्षण दिएर त्यस क्षेत्रमा दक्षता हासिल भएपछि परीक्षा लिई अनुमतिपत्र उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सवारी चालकले मानवीय समवेदना, सडकको अवस्था र सवारीसाधनको वास्तविकताको यथार्थ ज्ञान राख्न सकेमा दुघर्टनाको जोखिम कम हुने विचार व्यक्त गर्नुभयो । प्रदेशसभा सदस्य रमा आलेले त्यस क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका प्रशिक्षण सञ्चालन गरी सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउन आग्रह गर्नुभयो ।

चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले काठमाडौँ उपत्यका बाहिरबाट देशको केन्द्रमा आउने प्रमुख सडक मार्ग रहेको त्यस क्षेत्रमा सडक जीर्ण रहेका कारण समस्या भइरहेको जानकारी गराउनुभयो । यातायात व्यवस्था विभागका महानिर्देशक गगन हमालले सेन्टरलाई प्रभावकारी सेवा सञ्चालन गर्न आग्रह गर्दै सरकारले आवश्यकताअनुसार यातायात तथा त्यससम्बन्धी कार्यक्रम त्यहाँबाट समन्वय गरी सञ्चालन गर्न सक्ने बताउनुभयो ।

सेन्टरका सञ्चालक देवेन्द्र प्रधानले देशको मागअनुसारको दक्ष जनशक्ति उत्पादन गरी त्यस क्षेत्रलाई मर्यादित बनाउन सकिने बताउँदै स्थानीय तहका विकास तथा पूर्वाधार निर्माणमा संस्था क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group