ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शैक्षिक गुणस्तर सुधार गर्न सबै एकजुट बनौं– सभामुख शाही


एबीसी न्यूज
१३ भदौ २०७६, शुक्रबार   ४ : ३१   बजे

काठमाडौं, १३ भदौ । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारमा जोड दिनुपर्ने बताउनुभएको छ । वीरेन्द्रनगर–१२ नेवारेस्थित अमरज्योति नमूना माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सवमा उहाँले शैक्षिक गुणस्तर सुधार गर्न सरोकारवाला सबै एकजुट बन्नुपर्ने बताउनुभएको हो ।

“राज्यले वर्षेनी करोडौँ बजेट विद्यालय शिक्षामा लगानी गरे पनि सन्तोषजनक उपलब्धि देखिएको छैन”, सभामुख शाहीले भन्नुभयो, “शैक्षिक गुणस्तर सुधार गर्न राज्यमात्र नभई शिक्षक, विद्यार्थी, अभिभावक सबै चिन्तित बन्नुपर्ने अवस्था आएको छ ।” उहाँले गुणस्तरीय शिक्षाबिना कर्णाली प्रदेश समृद्ध बन्न नसक्ने विचार व्यक्त गर्नुभयो ।

नेपाली भाषाको उद्गम थलो भएकै प्रदेशका विद्यार्थीहरु नेपाली विषयमा नै कमजोर हुनु दयनीय अवस्था भएको उहाँले बताउनुभयो । उहाँले स्थानीय र प्रदेश सरकारले विद्यालय तहको नतिजामा सुधार ल्याउन विशेष कार्यक्रमको खाँचो औँल्याउनुभयो ।

सभामुख शाहीले विभिन्न परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी तथा अतिरिक्त क्रियाकलापका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम आचार्यले कर्णाली प्रदेशभरिका विद्यार्थी अध्ययन गर्न आउने भएकाले अमरज्योतिमा भौतिक पूर्वाधारको विकासका लागि पहल गर्न सभामुखलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group