ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानमै माईती पाएपछि आत्तिएकी छैन आमा


एबीसी न्यूज
१४ भदौ २०७६, शनिबार   १ : ५३   बजे

टोकियो, जापान । नेपाली नारीहरुको महान पर्व हरीतालिका तीज नजिकिए  संगै जापानको टोकियो पनि यतिबेला तीजमय बनेको छ । रेल स्टेशन होस् वा सडक र रेष्टुरेन्ट जता पुग्दा पनि तीजको रौनक बढेको देखिन्छ । सधै फरक पोषाकमा देखिने नेपाली चेली हिजो आज पुतली जस्तै रंगि बिरंगी बनेर हिडेको देखिन्छ ।

काम सकेर थकित मुद्रामा देखिने चेलीलाई तीजले मुस्कान भरेको छ । रेलमा झुल्दै र मोवाइल चलाउदै हिड्ने चेली अहिले साडी र फरिया मिलाउन व्यस्त देखिन्छन् । तीजले रौंनक भरेको छ पर्वतकी संगिता सुबेदी बताउछीन् । “सबै यतै छौं नेपाल जस्तै लाग्छ । “ सुवेदी भन्छिन । ०१५ मा जापान आएकी उनी बुट्टे साडीमा सजिएर दर खान हिडेकी थिईन। यती बेला टोकियोमा सुवेदी मात्र होइन धेरै महिलालाई नेपाली भेषभुषामा सजिएर हिडेको देखिन्छ । यसरी बुट्टे सारी फरियामा चिटिक्क सजिएका चेलीलाई देख्दा अरु समुदाय समेत अचम्वित हुन्छन् ।

नेपाली कला र संस्कृती झल्कने पोषाकमा चेली मात्र सजिएकी हुदैनीन् त्यहा नेपाल आमा सझिएकी हुन्छीन् , नेपाल झल्किएको हुन्छ र नेपालको सस्कृती अन्तराष्टिय जगतमा समेत परिचित हुन पुगेको छ । नेपालमा जन्मिएकी तर भारतको संस्कार र संस्कृतीमा हुर्किएकी मनलाई पनि हरितालिका तीजले छप्पकै छोपेको छ । निसी ओझिमा बस्दै आएकी उनी तीजकै लागि विदा लिएको बताउछीन् । “तीज असाध्यै मन पर्छ, वर्त बस्ने हो “ उनी भन्छिन् । अर्घाखाँची समाज जापानको तीज उत्सवमा पुगेकी उनले समाजले माईतीको भुमिका निभाएको समेत बताईन् । प्रवासमा पनि सबै नेपाली संग भेटघाट गरेर तीज मनाउन पाईयो खुशी व्यक्त गरिन् ।

प्रवासमा रहदा घरदे   शलाई सम्झनु , तीजमा चेलीलाई माईतीको याद आउनु स्वभाविकै मान्न सकिन्छ । जहा गयो त्यही रम्नु पर्छ । संस्कृतीलाई मान्नु पर्छ । र नया पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । यो प्रवासमा रहने सबैको वाध्यता र जिम्मेवारी पनि हो । गोरखाकी सिर्जना वाग्ले ०१५ मा जापान आईन् । उनी अहिले जापान आएको ४ वर्ष बिती सक्यो । तीज मान्नकै लागि वाग्ले अहिले सम्म १ पटक पनि नेपाल जान पाएकी छैनन् । तर उनलाई कुनै गुनासो छैन् । उनी भन्छीन् “सबै दिदीबहिनी आफ्नै लाग्छ, प्रवासमा पनि संस्कृतीलाई फलो गर्दै चाडपर्व मनाउनु पर्छ” । वाग्ले दिदी बहिनी संगै गत आईतबार डबका पुगेकी थिईन् । उनी संगै ३६ जनाको जम्बो टोलीले दर खादै छमछमी नाचेका थिए ।

नवलपरासीकी बिना शर्मालाई पनि यतीबेला तीजले छोएको छ । तीजकै लागी गत सोमबार बिदा पनि राखिन र तीज धमाकामा पुगिन । नवलपरासी समाज जापानले आयोजना गरेको तीज धमाकामा उनी दिदीबहिनी संगै तीज मनाईरहेकी थीईन् । बिना भन्छीन, “ सबैसंग भेटघाट भयो रमाईलो लागेको छ । “ तीज हाम्रो मौंलिक पर्व हो, जहाँ भएपनि निरन्तरता दिनुपर्छ । तीज नजिकिए संगै टोकियो, नागोया फुकोका, ओसाका, होक्काइदो लगायतका जापानका मुख्य शहरमा नेपाली रेष्टुरेन्ट दर खुवाउनमै व्यस्त भएको रेष्टुरेन्ट संचालकको भनाई छ ।

पछिल्लो समय नेपाली व्यवसाय फष्ट्याउदै गएको जापानमा तीज पर्वले रेष्टुरेन्ट व्यवसायमा भने केही टेवा पुर्याएको छ । निश्चित समय, ठुलो संङख्यामा आउने र विभिन्न परिकार हुने हुँदा सहयोग पुगेको हो । “सिङ्गो व्यवसायमा परिवर्तन नआएपनि साना रेष्टुरेन्ट व्यवसायमा टेवा पुगेको छ ।” नेपाली व्यवसाय संघ जापानका अध्यक्ष विजय थकाली बताउछन् । तीजलाई परम्परागत, अनुशासित र मर्यादित तरिकाले मनाउँ, थकाली भन्छन् ।

२०१८ को तथ्याङ्क अनुसार जापानमा ८८ हजार ९ सय ५१ जना नेपाली छन् । यती ठुलो संङख्या नेपाली रहेको जापानमा मुख्य पर्वहरु तीज, दशै र तीहार धुमधामले मनाइन्छ । नेपालीले मनाउने पर्व, पोषाक र परिकार देखेर विदेशी समेत अचम्वित हुन्छन् ।

तर उनी नेपालको पर्व र संस्कृतीको बारेमा जानकार हुदैनन् । नेपाली पर्व र परिकारको बारेमा विदेशी समुदायलाई पनि परिचित गराउनु पर्ने कतिपयको तर्क पनि छ । अध्यक्ष थकाली भन्छन् । “नेपालका चाडपर्व र परिकारको बारेमा विदेशीलाई समेत परिचित बनाउनु पर्छ ।” नेपाली समुदायको ठुलो हिस्सा टोकियोमा बसोबस गर्छ । बिभिन्न जिल्ला र जातियताका नाममा ८६ समाज र संस्था पनि स्थापना भएका छन् ।

सामाजिक सद्भाव, भाईचारा बढाउने र सामाजिक सेवाका लागि स्थापना भएका ती संस्थाले कहिले खेलकुद, रक्तदान त कहिले अन्तरक्रिया, जस्ता गतिविधी गर्दै आएका छन् । पछिल्लो १ महिना भने हरितालिका तीजमै केन्द्रित भएको पाईन्छ । तीजमय बनेको देखिन्छ ।

बाग्लुङ समाज जापानले गत २५ तारीक वनभोजको आयोजना गर्यो तर त्यहा वनभोज भन्दा तीजमै केन्द्रित रहयो ।

कतै तीज धमाका, तीज उत्सव र तीज फेष्टीवलका नाममा होस पार्क, रेष्टुरेन्ट र चोक सबै तीजै तीज बनेको छ । यसले के पनि प्रष्ट पार्छ भने नेपाली विश्वको जुनसुकै ठाउमा भएपनि नेपालको संस्कार, सस्कृती संगै लगेको हुन्छ । नेपाली( नेपाली बीच एकता, सामाजिक सहिष्णुता र महिलाको सम्मान र अबसरमा जापानका संस्थाले अभिभावकको भुमिका निभाएका छन् र महिलालाई नेत्तृत्व तहमा पनि पुर्याएका छन् । तीजका कार्यक्रमले महिलादिदी बहिनी संगै दाजुभाइलाई पनि लाई पनि छमछमी नचाएका छन् ।

कुनै बेला महिलाले पीडा र वेदना पोख्ने पर्वमा सिमीत रहेको तीज पछिल्लो समय महिला अधिकार र मुक्तीको शसक्त माध्यम बनेको छ । तीजले महिलालाई सौन्दर्यता मात्रै भरेको छैन् जिम्मेवार बनाएको छ, आत्मबल बढाएको छ । “तीज नेपाली महिलाको मौलिक पर्व हो, यसलाई अधिकारको रुपमा लिनुपर्छ र मर्यादित तरिकाले मनाउनु पर्छ” एनआरएनए जापानकी उपाध्यक्ष अनिता गुरुङ भन्छिन । तमु धीं जापानकी अध्यक्ष समेत रहेकी गुरुङ जापानमा मनाईने तीज तड्किलो, भड्किलो नभई सभ्य र मर्यादित भएको दावी गर्छिन् ।

जापानमा तीजकै लागी बिदा नभएपनि आफ्नो परिस्थिती र अनुकुलतामा सबैले तीज मनाउदै आएका छन् । विदेशी समुदायमा रहदा त्यहाको निती नियम र मर्यादामा रही तीज मनाउँ । हुनेखानेका लागि मात्र नभई हुदा खानेकालागी पनि साझा पर्व तीज बनाउँ । नयाँ पुस्तालाई नेपालको संस्कार र संस्कृती सिकाउँ । प्रदेशी भुमीबाट सभ्य नागरिकको परिचय दिउँ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group