ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विसं २०८५ सम्म शिक्षित नेपाल बनाउने लक्ष्य


एबीसी न्यूज
१४ भदौ २०७६, शनिबार   ३ : ४२   बजे

काठमाडौं, १४  भदौ । विभिन्न कारणले औपचारिक शिक्षा हासिल गर्न नपाएका महिलाका लागि स्थापना गरिएको ज्ञानज्योति महिला विद्यालयबाट २१२ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका छन् ।

विसं २०६२ भदौ १५ गते काठमाडौँको मित्रपार्क चावहिलमा स्थापना भएको विद्यालयमा हाल २८६ जना विद्यार्थी अध्ययनरत् छन् । विद्यालयको १४औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विसं २०८५ सम्म नेपाललाई शिक्षित मुलुकका रुपमा स्थापित गर्ने लक्ष्य हासिल गर्न यस्ता काम सहयोगी हुने बताउनुभयो ।

व्यावसायिक एवं रोजगारमूलक शिक्षालाई प्रवद्र्धन गर्ने गरी शिक्षा नीति जारी गर्ने अन्तिम तयारीमा लागिएको पनि उहाँले सो अवसरमा सुनाउनुभयो । सांसद गगनकुमार थापाले शिक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार कक्षा ५ का ७० प्रतिशत विद्यार्थीले गणित, अङ्ग्रेजी र नेपालीसमेत सिक्न नसक्ने तथ्य सार्वजनिक गरेकाले गम्भीर हुनुपर्ने समय आएको बताउनुभयो । मन्त्रालयकै अध्ययनले आमाले स्नातक तहसम्म उत्तीर्ण गरेका बालबालिकाको परिणाम राम्रो पाइएकाले पनि महिला शिक्षा अनिवार्य गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पद्मकन्या क्याम्पसका प्रा डा गोविन्दप्रसाद गुरागाईंले नारी सम्मानित हुने घर, परिवार, समाज र देश नै समृद्ध हुन सक्ने भएकाले शिक्षामा समान रुपमा अघि बढाउनुपर्ने विचार राख्नुभयो । नेपाली काङ्ग्रेसका नेता बालकृष्ण दाहाल, काठमाडौँ महानगरपालिका वडा नं। ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल, विद्यालयका प्रधानाध्यापक कोपिला खतिवडा, कार्यक्रम संयोजक नरहरि ढकाल, उत्प्रेरणा महिला माध्यमिक विद्यालयका प्रधानाध्यापक सुमित्रा मैनालीलगायतले उमेरमै पढ्न नपाएका महिलाका लागि शिक्षित बन्न विद्यालयले अवसर प्रदान गरेको विचार राख्नुभयो ।

विद्यालयमा कक्षा ८ भन्दा तल एक वर्षमा दुई पटक कक्षा चढाइन्छ । कक्षा नौ पढ्नुनपर्ने विद्यालयमा कक्षा ८ र १० मात्र एक वर्षको हुने जनाइएको छ । यो विद्यालयमा १४ वर्ष उमेर पार गरेकालाई मात्र भर्ना लिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group